बेनी नगरपालिका–८ न्यूरोडको २ नम्बर टोल विकास संस्था पुर्नगठन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । बेनी नगरपालिका–८ को न्युरोड स्थित २ नम्बर टोल विकास संस्थाको शुक्रबार पुर्नगठन भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

लक्ष्मी कार्कीको अध्यक्षतामा गठन भएको संस्थाको नयाँ कार्यसमितिको उपाध्यक्षमा धु्रब महत, सचिवमा दामोदर शर्मा र कोषाध्यक्षमा अस्मिता वि.क. चयन हुनुभएको छ । सदस्यहरुमा राजकुमार श्रेष्ठ, तारानाथ रेग्मी, अम्बिका ढुंगाना, रोमबहादुर खड्का, गोकुल शर्मा, ईश्वरी शर्मा र सन्तोष ढुंगाना रहनुभएको थियो ।

साधारणसभामा कोषाध्यक्ष गिता रिजाल शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । भेलाले बजार व्यवस्थापनका लागि सामान लोड अनलोड गर्ने, होटल सञ्चालनको समय तोक्ने, रातमा चर्को आवाज निकालेर चलाउने मोटरसाइकल नियन्त्रण गर्न प्रहरीसँग समन्वय गर्ने र पोलमा गमला राखेर फुल रोप्ने निर्णय गरेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...