थामडाँडाले पायो उत्कृष्ट सामुदायिक वन समूहको पुरस्कार

Gandaki Ghumau

बेनी । बेनी नगरपालिका–४ थामडाँडामा रहेको थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ ।
सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो भएकोमा नगद रु ७५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको हो ।
काठमाण्डौमा आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री डा. विरेन्द्र प्रसाद महत्तो, मन्त्रालयका सचिब डाक्टर रेवती रमण पौडेल, वन तथा भु–संरक्षण विभागका महानिर्देशक शिब कुमार वाग्लेले थामडाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देबबहादुर घलेलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

Gunasthariya Shiksya


विभागले देशभरका सामुदायिक वनहरुबिच प्रतिस्पर्धा गराएर गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । यस बर्ष मोरङको कमलपुर सामुदायिक वन प्रथम भएको छ ।
सामुदायिक वनको संरक्षण, सम्वद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवं गरिबी न्यूनीकरणमा समेत पु¥याएको योगदानको मुल्यांकन गरि थामडाँडा सामुदायिक वनले दोस्रो उत्कृष्ट पुरस्कार हात पारेको हो ।
देशभरका २२ हजार ५ सय सामुदायिक वन समुहमध्ये दोस्रो हुनु समग्र जिल्लाकै लागि गौरवको बिषय भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उक्त अवसरमा डिभिजन वन कार्यालयलाई समेत विभागले वन समुहलाई उत्कृष्ट बनाउन योगदान गरेकोमा सम्मान पत्र प्रदान गरेको छ । कार्यक्रममा कार्यालय प्रमुख रानाभाटलाई उक्त प्रमाणपत्र प्रदान गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...