झाँक्रीपानीको पर्यटन प्रर्वद्धनमा लायन्स क्लब अफ बेनी पिस सिटी

Gandaki Pardesh notice

फोटो खिच्ने प्रतियोगितामा अनुप बानिया बिजयी


झाँक्रीपानी, २४ असोज ः म्याग्दीको मंगला गाउँपालिका–३ स्थित पर्यटकीय स्थल झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता सम्पन्न भएको छ ।

झाँक्रीपानीको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ बेनी पिस सिटिले शनिबार जिल्लाका मिडियाकर्मीहरुबीच फोटो खिच्ने प्रतियोगिताको आयोजना गरेको हो ।

Shreekrishna hardwear in news

प्रतियोगितामा फोटोग्राफर अनुप बानिया प्रथम र पत्रकार सन्तोष गौतम दृतीय हुनुभएको थियो । प्रथम र दृतीयलाई प्रमाणपत्र सहित नगद रु. दश हजार र रु. छ हजार पाँच सय प्रदान गरिएको थियो ।

झाँक्रीपानीको प्राकृतिक सौन्दर्य, जैबिक बिबिधता, संस्कृति र जनजिबनमा आधारित फोटो खिच्ने प्रतियोगितामा छ जनाले सहभागिता जनाएका क्लबका अध्यक्ष खम थापाले बताउनुभयो । प्रताप बानिया, धिरन खत्री, किरन कार्की र बिशाल गोतामे पनि सहभागि हुनुभएको थियो ।

Bhautik ministry notice about road

बिजेता र सहभागिहरुलाई मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, लायन्स क्लब अफ बेनी पिस सिटिका संस्थापक अध्यक्ष राजेश शाक्य, जोन चियर पर्सन हिरा शर्मा लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।


समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको झाँक्रीपानीको पर्यटन विकास र प्रचारप्रसारका लागि क्लबले प्रर्वद्धनात्मक गतिबिधि गर्दै आएको सचिब सन्दिप खत्रीले बताउनुभयो । फोटो खिच्ने प्रतियोगिता रचनात्मक, सिर्जनशिल र म्याग्दीको लागि नयाँ भएको क्लबका पुर्व अध्यक्ष लोकेश पुनले बताउनुभयो ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले मालिकाका पर्यटकीय स्थलमा पनि यस्तै कार्यक्रम गर्न क्लबलाई आग्रह गर्दै त्यसका लागि पालिकाले सहकार्य गर्ने बताउनुभयो ।

झाँक्रीपानी होमस्टेका अध्यक्ष कोमल थापा र करबाकेलीका संरक्षक चामबहादुर पुनले पर्यटन प्रर्वद्धनमा लायन्स क्लब अफ बेनी पिस सिटीले गरेको कार्यक्रम सिर्जनशिल र प्रभावकारी भएको बताउनुभयो ।

धौलागिरी, गुर्जा, पुथा, मानापाथी, निलगिरी, अन्नपूर्ण, बराह शिखर र माछापुच्छे हिमाल, सुर्योदय, सुर्यास्त, पश्चिम म्याग्दीका अधिकांश बस्ती र भूगोलको झाँक्रीपानीबाट दृष्य अवलोकन गर्न सकिन्छ ।

झाँक्रीपानीमा भ्यु टावर, पदमार्ग, सामुदायिक भवन निर्माण र घरबास सञ्चालन गरिएको मंगला गाउँपालिकाका उपाध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । पोक देखि नेटासम्म पदमार्ग निर्माण भैसकेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...