म्याग्दीमा केन्पो काई संघ गठन

Gandaki Ghumau

बेनी, । म्याग्दीमा पहिलोपटक मार्सल आर्ट विधाको नेपाल केन्पो काई संघको तदर्थ समिति गठन गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित भेलाले नविन पौडेलको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीको अध्यक्षतामा भएको भेलाबाट गठित समितिको उपाध्यक्ष गोकुल वि.क., सचिवमा गोकुल विश्वकर्मा, कोषाध्यक्षमा सुप्रेणा किसान रहनुभएको छ ।

Gunasthariya Shiksya

त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद पौडेल, अस्मिता भण्डारी, सुस्मिता बानियाँ, सन्तोष वि.क. र रिजन खत्री रहेका छन् । भेलाले खेलकुद विकास समितिका अध्यक्ष दिनेश के.सी. र सन्दिप खत्रीलाई सल्लाहकारको रुपमा चयन गरेको अध्यक्ष नविन पौडेलले बताउनुभयो ।

Shreekrishna

उहाँका अनुसार जिल्लाका स्थानीय तहमा समेत गठन गरिने र जिल्ला बाहिरबाट खेल्ने म्याग्देलीलाई अवका खेलमा म्याग्दीको प्रतिनिधित्व गदैं खेलाउने बताउनुभयो । म्याग्दीमा केन्पो काई संघ नहुदाँ म्याग्दी घर भई पोखरा लगायतका क्षेत्रमा बस्ने खेलाडीले अन्य जिल्लाबाट खेलमा सहभागी हुने गरेका थिए ।

नेपाल केन्पो काइ संघ नेपालका कावा अध्यक्ष हरि खड्काको विशेष उपस्थितीमा उक्त समितिको गठन गरिएको थियो । म्याग्दी जिल्लामा पनि नेपाल केन्पो काई संघ अन्तर्गतका मार्सल आर्ट खेल खेल्ने खेलाडी भएपनि खेलको व्यवस्थापन तथा प्रबद्र्धनका लागि समितिको आवश्यकता महसुस गरी समिति गठन गरिएको जिलला खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...