मोना मलेसीयामा नयाँ नेतृत्व

Gandaki Ghumau

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसीयाको दोस्रो अधिवेशनबाट मंगला–१ कुहँुका पूर्णप्रसाद रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

Gunasthariya Shiksya

रोजगार र ब्यापार, व्यवसायको शिलसिलामा मलेसीयामा गएका म्याग्देलीहरु आवद्ध मोना मलेसीयाको उपाध्यक्ष सन्तोष सरगम बिक, जोगलाल पुन, महासचिवमा केशबहादुर रोका, सचिव एवम् खेलकुद संयोजकमा मनोज तिलिजा, सहसचिवमा भगवान खत्री, कोषाध्यक्षमा छमबहादुर शाही चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा बिनोद पुन, विकास रोका, देव गौतम, सागर पाईजा, अमर बानिया, तुजन रोका, रितु रोका, हरि बिक, गणेश पुन र कुलेन्द्र बिक चयन हुनुभएको छ । बमबहादुर सुनार संरक्षक, लालबहादुर रोका सल्लाहकार चयन हुनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...