कलाकारले जामुनाखर्क र विद्यामन्दिरका विद्यार्थीलाई शैक्षिक सामग्री बाडे

Gandaki Kotihome

बेनी, । बेनी नगरपालिका ६ का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले आइतबार शैक्षिक सामग्री वितरण गरेको छ ।

नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोसाईटी अफ नेपलिज स्टुडेन्ट) को आर्थिक सहयोगमा जामुनाखर्कका ९ जना र विद्यामन्दिरका ३४ जना विद्यार्थीहरुलाई झोला, कपी, कलम, पेन्सिल, लगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।

प्रतिष्ठान म्याग्दीको तर्फबाट उक्त सामग्री वितरण गर्नका लागि संस्थाका सदस्य तथा बेनी नगर प्रहरी प्रमुख शंकर पौडेलले सहजीकरण गर्नुभएको थियो । समाजको सहयोगमा प्रतिष्ठानले तीन वटा विद्यालयका ५३ जना विद्यार्थीहरुलाई करिव रु. ५० हजार मूल्य बराबरको सामग्री वितरण गर्ने कार्यक्रम संचालन गरिएको सदस्य पौडेलले बताउनुभयो ।

Upper Myagdi transmition line notice

जिल्लाका विभिन्न विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुगोस भनेर शैक्षिक सामग्रीको सौजन्य गरेको बेनी नगरपालिका वडा नम्वर ६ घर भई हाल दक्षिण कोरियामा रहनुभएका नेपाली विद्यार्थी समाजका संयोजक मेघनाथ पौडेलले बताउनुभयो ।

Annapurna aarohan ko notice

जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गाना र विद्यामन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक धन बहादुर रानाले नेपाली विद्यार्थी समाज दक्षिण कोरीया र प्रतिष्ठान म्याग्दीलाई आभार प्रकट गर्नुभएको थियो ।

विद्यामन्दिर आवि व्यवस्थापन समितिका अध्यक्ष सुवास विश्वकर्माले समाज परिवर्तनका लागि शिक्षा र संस्कृतिमा विकास हुन आवश्यक रहेको भन्दै विद्यालय तथा विद्यार्थीहरु संग जोडिएर काम गर्नु प्रतिष्ठानको उपलब्धी भएको बताउनुभयो ।

प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले कला संस्कृतिको संरक्षण र कलाकारहरुलाई सम्मान तथा प्रोत्सहन गर्दै आएको संस्थाले सामाजिक गतिविधिहरु समेत संचालन गर्दै आएको बताउनुभयो ।

नेपाली विद्यार्थी समाज कोरिया संग जोडिएर ३ विद्यालयका ५३ जना विपन्न विद्यार्थीहरुलाई उनिहरुको उज्ज्वल भविस्यको कामना गर्दै शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष जिसीले बताउनुभयो ।
उहाँले यसअघि पनि प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गत द्वण्ड पिडित तथा अपाङग विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर तालिम संचालन वगुवाखोलाका वौद्धिक अपाङग विद्यार्थीहरुलाई संगीत तथा शैक्षिक सामग्री वितरण, निशुल्क योग शिविर जस्ता गतिविधिहरु आयोजना गरेको जानकारी गराउनुभयो ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सहकोषाध्यक्ष नारायण पौडेल, सदस्य राजकुमार परियार, विजय परियारको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य तथा संचारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो ।

प्रतिष्ठानले सोमवार मंगला गाउँपालिका २ सल्यान स्थित विकास आधारभूत विद्यालयका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न कार्यक्रम तय गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...