घारखोला जलविद्युत आयोजनाको परिक्षण सफल

Gandaki Kotihome

बेनी, म्याग्दीमा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत आइतबारदेखि केन्द्रिय लाइनमा जोडिएको छ ।

म्याग्दी हाइड्रोपावर प्रा.ली.ले अन्नपूर्ण गाउँपालिकामा निर्माण गरेको घारखोलाको परिक्षण सफल भएपछि उत्पादीत विद्युत केन्द्रिय प्रशारण लाइनमा आवद्ध गराइएको छ ।

सबै संरचना र उपकरणको परिक्षण सफल भएपछि घारखोलाको विद्युत दाना सव स्टेशन मार्फत राष्ट्रिय प्रणालीमा जोडिएको आयोजनाका आवासीय ईञ्जिनियर जोसेप बज्राचार्यले जानकारी दिए ।

Shreekrishna hardwear in news

‘सबै संरचना तथा उपकरणको परिक्षण सफल भएको छ,’ उनले भने ‘आजको १५ दिनपछि व्यवसायिक उत्पादन शुरु हुन्छ ।’

नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा गत असार २६ गतेदेखि आयोजनाले परिक्षण उत्पादन शुरु गरेको थियो ।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोलाको विद्युत् गृहबाट ८ किलोमिटर लामो प्रशारण लाइन मार्फत २२० केभी क्षमताको दाना सबस्टेसनमा लगेर जोडेको हो ।

Notice about ban dadalo

कालीगण्डकी कोरीडोर प्रशारण लाइन अन्तरगतको दाना सवस्टेशनमा यसअघि ४२ मेघावाटको मिस्त्रीखोला र १३ मेघावाटको थापाखोलाको विद्युत राष्ट्रिय प्रशारणमा जोडिएका थिए ।

विद्युतगृह देखि सवस्टेशनसम्म जोड्ने प्रशारण लाइनमा समस्या देखिएपछि परिक्षण अवधि लम्बिएको हो ।

अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाइ घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका, ६ अमिलाकाफलस्थित आउटलेटबाट १२ सय मिटर पेनस्टक पाइपमा ४ सय ८५ मिटर हेडबाट बेनी–जोमसोम सडक छेउको पोखरेबगरमा रहने विद्युत् गृहमा खसालिएको छ ।

दुई अरब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना वि.स. २०७४ चैतदेखि निर्माण थालिएको थियो । वि.स. २०७८ मा सक्ने लक्ष्य रहेपनि कोरोना, पहिरो, सडक यातायातको असुविधा लगायतका कारणले निर्माण अवधि दुई वर्ष लम्बिएको प्रर्वद्धकले बताएका छन् ।

इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.ली. इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.का प्राबिधिकले विद्युतगृहमा उपकरण जडान गरेका हुन् । सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चरले भौतिक संरचना निर्माण गरेको हो । विद्युत गृहको नजिकै स्वचार्ड बनाइएको छ । आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।

नागरिक उर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आव्हान गर्ने प्रक्रीया अन्तिम चरणमा पुगेको प्रर्वद्धकले बताएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...