बेनी नगरपालिकामा लम्पी स्किन विरुद्धको खोप अभियान

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले पशुमा फैलिएको लम्पी स्किन रोग विरुद्धको खोप (भ्याक्सीन) लगाउन अभियान सञ्चालन गरेको छ ।

नगरपालिका र वडा कार्यालयमा कार्यरत पशु सेवा र स्वास्थ्य प्राविधिकहरुलाई कृषकको गोठ गोठमा पुगेर निशूल्क खोप लगाउने व्यवस्था मिलाएको हो ।

बेनी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख प्रदिप गौतमले लम्पी स्किनबाट बढी प्रभावित भएका गाई र गोरुलाई खोप लगाउनका साथै बिरामी पशुको उपचार गर्न प्राबिधिकलाई कृषकको गोठ गोठमा परिचालन गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

“आठ जना प्राविधिकलाई नगरपालिकाको सबै दश वटै वडामा लम्पी स्किन विरुद्धको भ्याक्सीन लगाउन परिचालन गरिएको छ,” उहाँले भन्नुभयो “बिरामी गाईगोरुलाई औषधी उपचार र स्वस्थ्य गाईगोरुलाई लम्पी स्किन लाग्न नदिन खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

नगरपालिकाले लम्पी स्किन विरुद्धको ४७५ डोज खोप आफै खरिद गरेको थियो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले थप ६०० डोज खोप उपलब्ध गराएको थियो । प्रदेशबाट थप ४०० डोज खोप प्राप्त भइसकेको छ । हालसम्म एक हजार गाईगोरुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।

म्याग्दीका स्थानीय तहहरु गाईगोरुमा फैलिएको लम्पी स्किन नियन्त्रणमा जुटेका छन् । ज्वरो आउने र शरिरका फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाट समेत यो रोगको संक्रमण बढ्ने बताइएको छ । लम्पी स्किनका कारण गाईभैसी बिरामी पर्दा दुध उत्पादन घटेको छ । गोरु बिरामी हुँदा धान रोपाई लगायत खेतीबाली लगाउने काम प्रभावित बनेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...