कालीगण्डकीमा जिप खसालेर भागेका चालक काठमाडौमा भेटिए

Shreekrishna hardware

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटे स्थित कालीगण्डकी नदीमा जिप खसालेर वेपत्ता भएका चालक काठमाडौमा भेटिएका छन् ।

बेनी–जोमसोम सडक अन्तरगत भिरकाटेबाट गत बुधबारदेखि ग २ च १०३१ नम्बरको बोलेरो जिप र चालक म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका कम्लेस परियार वेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले चालक परियार काठमाडौमा भेटिएका पुष्टि गर्नुभयो । “प्रहरीको निगरानीमा रहेका परियारलाई थप अनुसन्धानका लागि म्याग्दी ल्याइदैछ,” उहाँले भन्नुभयो “प्रारम्भिक अनुसन्धानका क्रममा जिप दुर्घटना गराएर भागेको देखिन्छ ।”

Shreekrishna

बेनीको सुमन किराना स्टोर्सको सामान लिएर अन्नपूर्ण गाउँपालिका–३ दाना र ४ नारच्याङ गएका कम्लेस त्यहाँका ग्राहकबाट उठाएको करिब रु. १४ लाख नगद लिएर बेनी फर्कने क्रममा बुधबार दिउँसो ३ बजेसम्म पसल सञ्चालक सुमन श्रेष्ठसँग सम्पर्कमा थिए ।

Ban devision notice

काठमाडौको एक होटलको ‘भिजिटिङ कार्ड’ सहित नजिकैको पसलबाट परियारले प्रहरीको नियन्त्रणमा रहेको श्रीमतिको मोवाइलमा आइतबार बिहान फोन गरेका थिए । सोही नम्बरमा कलब्याक गरेर पसलेले फोन गर्ने व्यक्तिको हुलिया र होटलको नाम बताएपछि प्रहरीले पिछा गर्दा कालीगण्डकीमा वेपत्ता भएको अनुमान गरिएको चालक काठमाडौमा फेला परेका हुन् ।

गत बिहिबार दिउँसो भिरकाटे स्थित कालीगण्डकी नदी किनारमा ‘सुमन किराना स्टोर्स’ लेखेको सिसा, बिल र कागजातहरु भेटिएको थियो । जिप र चालक वेपत्ता भएको सामाचार सार्वजनिक भएपछि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका बासिन्दाले पसल सञ्चालक श्रेष्ठलाई चालकले मोवाईलको नयाँ सिम निकालेको सूचना दिएका थिए ।

सोही सूचनाको आधारमा ‘मोवाइल ट्याक’ गर्दा पर्वत र कास्कीको विभिन्न ठाउँ हुदै परियार काठमाडौ पुगेको पहिचान भएको पसल सञ्चालक श्रेष्ठले बताउनुभयो । “घटनाको प्रकृति हेर्दा र मलाई आएका सूचनाको आधारमा गाडी खोलामा फालेर भागेको अनुमान गरेको थिए,” उहाँले भन्नुभयो “यो घटना चालक एक्लैले नभएर अरुको पनि संलग्नता हुन सक्ने शंका गरेका छौ ।”

जिप भने अझै भेटिएको छैन् । जिपको अगाडीको सिसा, लुकिङ ग्लास, आफूले लगाएको टिसर्ट र सामान बेच्न जाँदा प्रयोग गर्ने बिल समेतका कागजात किनारमा फालेर बुधबार राती कालीगण्डकीमा खसालेर भागेको खुलेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...