बेनी, । जिल्ला क्रिकेट संघ म्याग्दी सोमबार जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको छ ।
गत असार ३ गते भएको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठकको निर्णय अनुसार जिल्ला खेलकुद विकास समितिमा संघलाई दर्ता गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले समितिमा आवद्ध भएको संघको तर्फबाट प्रदेश तथा राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिताका लागि सहयोग तथा प्रोत्साहन गरिने बताउनुभयो ।
दोस्रो अधिवेशनबाट प्रविण पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा संघको कार्यसमिति चयन भएको थियो । संघको उपाध्यक्षमा कर्णबहादुर घिमिरे, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा सौरभ किसान रहनुभएको छ ।
कार्यसमिति सदस्यहरूमा सुरज भट्टराई, अजय हिमाल, सचिन कार्की, शंकर घिमिरे, शिसिर दगामी मगर, हरी सुवेदी, प्रशान्त पौडेल, महेन्द्र सुवेदी लगायत रहनुभएको छ । संघको नयाँ कार्यसमिति म्याग्दीमा क्रिकेट खेलको विकासमा सक्रीय बनेको छ ।