म्याग्दीको पानी बेनीमा ‘लिफ्ट’

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ ।

खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाइएको हो ।

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले नियमित र पर्याप्त शुद्ध खानेपानी आपुर्तिका लागि म्याग्दी नदीबाट ‘लिफ्टीङ’ गर्न थालिएको जानकारी दिनुभयो ।

Shreekrishna

“लिफ्ट खानेपानी योजनाको परिक्षण सफल भएको छ,” उहाँले भन्नुभयो “म्याग्दी नदीबाट लिफ्टिङ हुन थालेपछि बेनीमा खानेपानी वितरणका लागि लोडसेडिङ गर्नुपर्ने समस्या हटेको छ ।”

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रम अन्तरगत वि.स. २०७८ असोजमा काठमाडौको एएम प्याराडाइजसँग रु. दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

म्याग्दी नदी किनारमा १० मिटर अग्लो इनार बनाउने, पानी तान्ने सम्पवयल, विद्युत, पाइपलाइन जडान गर्ने काम सकेर पानी ‘पम्पिङ’ गर्न थालेको निर्माण कम्पनीका आयोजना व्यवस्थापक अजय तिमिल्सिनाले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“१८ महिनाको ठेक्का अवधि हो । पानी शुद्धिकरण गर्ने पलान्ट निर्माण स्थलमा निर्माण सामग्री ढुवानी गर्न असहज र पहिरो खसेकाले छ महिना म्याद थपिएको छ,” उहाँले भन्नुभयो “अबको दुई महिनाभित्र बाँकी संरचना निर्माण सकेर हस्तान्तरण गर्छौ ।”

बेनी खानेपानी उपभोक्ता संस्थाको पुरानो टंकीमा म्याग्दी नदीबाट तानेको पानी हालेर वितरण गर्न थालेको जनाएको । बेनी–नगरपालिका २ हाडेभिरमा जमिनको सतहदेखि ७ मिटर गहिरो इनारभित्र ३ वटा विद्युतको सहायताले चल्ने पानी तान्ने समसिवल पम्प राखिएको छ ।

इनारदेखि १३० मिटर सिधाई उचाईमा बेनी बजारको शिरमा रहेको बराहपाखो स्थित रिजर्भ टंकीसम्म पानी पु¥याउन करिब नौ सय मिटर चार ईञ्चको जिआइप पाइप जडान गरिएको आयोजनाका ईञ्जिनियर नविन सुवेदीले बताउनुभयो ।

“हाल दुई वटा पम्पबाट प्रति सेकेण्ड १० लिटरका दरले पानी तानिएको छ,” उहाँले भन्नुभयो “तीन वटै पम्प चलाउदा प्रति सिकेण्ड १५ लिटरका दरले पानी आपुर्ति गर्न सकिन्छ ।” आयोजना मार्फत बराहपाखोमा तीन लाख ४० हजार लिटर क्षमताको रिजर्भ टंकी निर्माण भइसकेको छ ।
५.९४ घनलिटर क्षमताको दुई वटा पानी शुद्धिगर्ने गर्ने फिल्टर पलान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँ प्रबिधिको सेडिमेशन र सो साण्डफिल्टर ट्याङकी बनाउन लागिएको हो ।

आयोजनाले दुई वर्षअघि बेनी खानेपानी आयोजनाको क्षमता विस्तारका लागि रु. ४२ लाख ८१ हजार ८२० को लागतमा दुई लाख लिटर क्षमताको टंकी निर्माण गरेको थियो । आयोजनाको हाल एक लाख लिटर क्षमताको एक वटा र दुई लाख लिटर क्षमताको दुई वटा रिजर्भ टंकी छन् ।

मुहानबाट टंकीमा संकलन हुने पानी शुद्धिकरण गरेर वितरण गर्ने संरचना तयार पार्न लागिएको हो । बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार एक सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रति सेकेण्ड ३३ लिटरका दरले पानी आपुर्ति हुने क्षमता छ ।

दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी बितरण गरिदै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक यामबहादुर बिकले बताउनुभयो । २७ किलोमिटर दुरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपुर्ति हुने पानी पहिरो र निर्माणाधिन बेनी–जोमसोम सडकका कारण प्रभावित भएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...