रास्वपाको भिजन नभएको एमाले नेता बस्नेतको भनाई

Gandaki Ghumau

बेनी, । नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको शनिबार बेनीमा दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले राप्रपाले राजतन्त्रको प्रेतआत्मा बोकेर हिडेको बताउनुभयो ।

सुशासन दिन नसक्नुको मुख्य कारण कुनै पनि राजनीतिक दल राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन नसकेको बताउँदै नेता बस्नेतले अहिले पनि राप्रपाले राजतन्त्रको प्रेत आत्मा बोकेको र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएकाले ती पार्टीबाट देश विकास सम्भव नरहेको जिकिर गर्नुभयो ।

Shreekrishna

“वर्तमान अवस्थामा नयाँ पार्टीहरु बोल्न सक्ने अवस्थामा नरहेको हुँदा उनीहरु बोलिहाले भने विवादमा पर्ने गरेका छन्,” उहाँले भन्नुभयो “देशलाई प्रतिशोधको दिशामा अगाडि बढाउन खोजिएको हुँदा भीम उपाध्याय जस्तो व्यक्तिहरु अदृश्य शक्तिबाट परिचालित भएको छन् ।”

Gunasthariya Shiksya

युवा संघलाई नयाँ र व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्ने भन्दै समुदायस्तमा रचनात्मक र सचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले युवा संघका हरेक कमिटीहरुमा बौद्धिक सर्कल बनाउनुपर्ने बताउँदै साइबर सर्कललाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

अर्को प्रशंगमा राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप बस्नेतले लगाउनुभयो । विदेशिएका युवाहरुले घर फर्किँदा आफूले कमाएको पैसाले दुईवटा मोबाइल ल्याउन नपाउने अवस्था रहेको बताउँदै अनुसन्धान सहज बनाउन गृह र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने बताउनुभयो ।

एमाले पोलिट ब्यूरो सदस्य बस्नेतले आगामी चुनावदेखि एमालेले एक्लै चुनाव लड्न र कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई आग्रह समेत गर्नुभएको छ । उहाँले चुनावमा मिलेका शक्तिले अन्तिममा आएर धोका दिने गरेकाले अब कसैको वैशाखी बन्न नहुने बताउँदै एमाले वैशाखी बनेर माओवादी, राप्रपालाई बोक्न नहुने बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारीले एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था सकारात्मक रहेपनि अहिले त्यो अवस्था नरहेको बताउनुभयो । उहाँले आगामी २०८४ सालको निर्वाचनलाई अहिलेदेखि नै अर्जुनदृष्टि लगाएर युवा संघ अगाडि बढेको बताउँदै सोहीअनुसार युवा संघमा आबद्ध नेता, कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।

एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसी र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव महेन्द्र गुरुङले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष विजय घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष प्रंदीप तिलिजाको स्वागत र सचिव सुसन किसानको सञ्चालनमा सम्पन्न भएको थियो । 
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...