रत्नेचौरका नौ जना युवा माओवादी केन्द्रमा प्रवेश

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका नौ जना युवा शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

रत्नेचौरमा आयोजित कार्यक्रममा टिका किसान, भुवन थापामगर, गोरे किसान (हेमलाल), केशर गिरी, सुरत किसान, दिले बहादुर किसान, रोशन किसान, किसोर किसान र सन्दिप नेपाली माओवादीमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको संघीय सरकारले शुसासनका पक्षमा चालेका कमद तथा जिल्लाको विकासका लागि माओवादीका जनप्रतिनिधि तथा नेताहरुले गरेको कामबाट प्रभावित भएर एमाले छाडेर माओवादी प्रवेश गरेको भुवन थापामगरले बताउनुभयो । माओवादी प्रवेश गरेका अधिकांशले यसअघि नेकपा एमाले समर्थक रहेको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

उनिहरुलाई गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रिम कटुवाल, बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसी, सचिव ज्ञानेन्द्र सुवेदी, सदस्य ओमबहादुर रोका, वडा कमिटिका अध्यक्ष हिराबहादुर बोगटी (सुरत) र नेता अमर बोगटीले स्वागत गर्नुभएको थियो ।

नेताहरुले भ्रष्ट्राचारको विरुद्ध, शुसासन, विकास र नागरिकको अधिकारका लागि माओवादी नेतृत्वको सरकारले चालेका कदमलाई सफल बनाउन नागरिक स्तरबाट साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

जिल्लामा बजेट बिनियोजन भएका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । नागरिकको हरेक अप्ठ्यारोमा साथ दिने र अन्याय अत्याचार, बेतिथि, विकृतिको प्रतिवाद गर्न आग्रह गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...