पश्चिम नेपालले सवा दुई करोड नाफा कमायो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

तातोपानी, । म्याग्दीको पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९÷८० मा सवा दुई करोड भन्दा बढी मुनाफा गरेको छ ।

देशभरका अधिकांश सहकारी संस्थाहरु संकटमा परेको अवस्थामा पश्चिम नेपालले भने सेयर सदस्यहरुको बिश्वास कायम गर्न सफल देखिएको छ । सहकारीका मुख्य व्यवस्थापक प्रेमलाल कडेल (सदन)ले प्रारम्भिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा रु. दुई करोड २५ लाख ५८ हजार ७२२ नाफा भएको जानकारी दिनुभयो ।

छ हजार १२२ जनाको रु. १२ करोढ ९५ लाख अठार हजार २०० शेयर पुंजी रहेको सहकारीले गत आर्थिक वर्षमा रु. ७४ करोड चार लाख ७६ हजार ६८६ लगानी र रु. ६६ करोड ३७ लाख ९७ हजार १७ बचत संकलन गरेको जनाएको छ ।

Shreekrishna

एक हजार २५९ जना सेयर सदस्यले ऋण सुविधा लिएको सहकारीको तरलता प्रतिशत २५.००६ रहेको छ । जगेडा कोषमा रु. दुई करोड ६२ लाख ६५ हजार ४९, अन्य कोषमा रु. दुई करोड सत्र हजार ९१३, बैंक तथा नगद रु. सोह् करोड ६० लाख तीन हजार ४३७, स्थिर सम्पत्ति रु. तीन करोड ७४ लाख ३२ हजार ४९९ र कुल सम्पत्ति रु. ९५ करोड ३५ लाख ६६ हजार ३४९ रहेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

दरवाङ, पश्चिम म्याग्दी, कामना, सिंगा उपभोक्ता, शिख बहुउद्देश्यीय, बाबियाचौर बहुउद्देश्यीय, फुलबारी, प्रभु र पर्वत बेनीको नवकालिगण्डकी वचत तथा ऋण सहकारी संस्था एकिकरण भएर बनेको संस्थाको प्रधान कार्यालय मालिका गाउँपालिका–६ दरवाङमा छ ।

धवलागिरीको ताकम, मंगलाको बाबियाचौर, बेनी, रघुगंगाको भगवति, अन्नपूर्णको पोखरेबगर र जलजलाको पर्वत बेनीमा सदस्य सेवा केन्द्र छन् । वि.स. २०६४ मा दरवाङ बजारमा २७ जनाले रु. एक÷एक सय सेयरबाट सहकारी शुरु गरेका थिए ।

समान उद्देश्य भएका सहकारी संस्थालाई गाभ्ने नीति लिएको पश्चिम नेपालले गण्डकी प्रदेशको नमुना सहकारी बनाउने लक्ष्य सहित न्युन आय भएका सदस्यहरुको जिवनस्तर उकास्न दूध तथा मासुजन्य कर्जाको कार्यक्रम सञ्चालन गरेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...