बैसरीमा आठ वर्षपछि पुनःपहिरो खस्न थाल्यो

Shreekrishna hardware

बेनी, । आठ वर्षअघि कालीगण्डकी नदी थुनिएको र पुरै बस्ती पुरिएको म्याग्दीको रघुगंगा गाउँपालिका–२ को बैसरीमा पुनः पहिरो खस्न थालेको छ ।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पहाडबाट आठ वर्षपछि मंगलबार दिउँसो पुन पहिरो खसेको छ । रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष अमृत भण्डारीले काफलडाडाँको भिरबाट सुख्खा पहिरो खस्दा बैसरीका घरहरुमा सामान्य क्षति पुगेको जानकारी दिनुभयो ।

“फेरीपनि पहिरो खस्ने जोखिम रहेकाले बैसरीका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गरेका छौ,” उहाँले भन्नुभयो “बेनी–जोमसोम सडकमा यात्रा गर्ने यात्रुहरुलाई बैसरी खण्डमा सतर्कता अपनाउन भनेका छौ ।”

Shreekrishna
Ban devision notice

दिउँसो एक्कासी सुख्खा पहिरो खसेर धुलाम्मे भएको स्थानीयबासी भिमबहादुर कार्कीले बताउनुभयो । बैसरीमा हाल ८ घरपरिवारको बसोबास छ । उनिहरु रातीमा आफन्तकहाँ गएर बसेका छन् । विसं २०७२ जेठ १० गते बैसरीमा सुक्खा पहिरो खस्दा २७ घर, दुई वटा झोलुङ्गे पुल, डेढ किलोमिटर सडक पुरिनुका साथै १६ घन्टासम्म कालीगण्डकी नदी थुनिएको थियो ।

पहिरोका कारण घरबास गुमाएका बेनी जोमसोम सडकअन्तर्गत पर्ने व्यापारिक स्थल बैसरीका केही बासिन्दा पहिरो माथि घर टहरा बनाएर बसेका छन्् । केही विस्थापितहरु अझै राहुपारेको अस्थायी टहरामा बसिरहेका छन् ।

जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न अन्य विकल्प नभएपछि पहिरोले पुरिएको ठाउँमा टहरा बनाएर बसेको पहिरो पीडित कार्कीले बताउनुभयो । वि.स. २०७३ असारमा पहिरो गएको ठाउँको निरिक्षण गरेको तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव आचार्य नेतृत्वको टोलीले बैसरीमा पहिरोको जोखिम रहेकाले बसोबास नगर्न सुझाव दिएको थियो ।

भूकम्पका कारण चर्किएको दुई तिहाइ पहाड खसिसकेको र एक तिहाइ जमिन अझै चिरा र प्वाल परेकाले पानी परेसागै जुनसुकै बेला पहिरो जाने खतरा रहेको बरिष्ठ भू–तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...