बेनीमा जग्गाको कित्ताकाट खुल्ला

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै सोमबारदेखि जग्गाको कित्ताकाट खुलेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाले बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण गरि कित्ताकाट फुकुवा गरिएको जानकारी दिनुभयो । भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९ बमोजिम बेनी नगरपालिकाको जग्गाहरुलाई दश वटा क्षेत्रमा वर्गीकरण गरिएको छ ।

नगर कार्यपालिकाको गत असार ८ गतेको बैठकले स्विकृत गरेको भू–उपयोग वर्गीकरण सम्बन्धित प्रतिवेदनलाई असार १० गतेको तेहै नगरसभाबाट अनुमोदन भएको छ । बेनी नगरपालिका जग्गाको कित्ताकाट खुलाउने म्याग्दीको पहिलो पालिका बनेको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेपाल सरकारको मापदण्ड अनुसार भू–उपयोग नीति अनुसार जलजलामा आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदी, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र अन्य क्षेत्रमा जग्गालाई बर्गीकरण गरिएको छ ।

२०७९ साउनदेखि जग्गाको कित्ताकाट रोकिएको थियो । एक वर्षदेखि जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको थियो । मालपोत कार्यालयले संकलन गर्ने राजस्वमा गिरावट आएको छ ।

कित्ता काट सुरुभएपछि वित्तीय संस्था र व्यक्तिलाई जग्गा किनबेचमा सहज हुने नगर प्रमुख सुरत केसीले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पनि जग्गाको वर्गीकरण गरेर सोमबारदेखि कित्ताकाट खुलाएको जनाएको छ ।

धौलागिरी क्षेत्रमा बेनी नगरपालिका र जलजला गाउँपालिकाले मात्र जग्गाको वर्गीकरण गरेर कित्ताकाट खुलाएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...