साउने संक्रान्ति र सोमबारका दिन गलेश्वरमा भक्तजनको भिड

Gandaki Ghumau

गलेश्वर, बेनी नगरपालिका ९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा स्नान गर्ने भक्तजनको घुइचो लागेको छ । साउन महिनाको पहिलो दिन सोमबार परेकाले बिहान ५ बजेदेखिनै गलेश्वरमा पुजाआजा गर्ने भक्तजनको भिड लागेको हो ।

कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वरमा हरेक वर्षको साउन महिनाको सोमबारका दिन मेला लाग्ने गर्छ । मंगलबारदेखि मलमास शुरु हुने, सोमबार संक्रान्ति र औषी परेकाले भक्तजनहरुको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

“साउन महिनाको सोमबार गलेश्वरमा दर्शन र पुजाआजा गरेमा पारिवारिक सुःख, सम्बृद्धि र चाहेको पुरा हुने धार्मिक मान्यता छ,” उहाँले भन्नुभयो “म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीका साथै भारतबाट पनि करिब बीस हजार जना भन्दा बढी भक्तजन आएका छन् ।”

Shreekrishna
Gunasthariya Shiksya

गलेश्वर शिवालय मन्दिरको दर्शन र पुजाआजा, शिवलिङ्गमा बेलपत्र चढाउने र जल अर्पण गर्ने, कालीगण्डकी नदीमा स्नान गर्ने गरिन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धार गलेश्वर पश्चिमको पशुपति नाथको रुपमा चिनिन्छ ।

यस वर्षको साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले साउन महिनामा लाग्ने मेला र पुजाआजालाई सुरक्षित र ब्यवस्थित रुपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत सामाजिक र धार्मिक संघ संस्थासँग समन्वय गरेर उपसमिति बनाइएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...