जलजला गाउँपालिकाले जग्गाको बर्गीकरण ग¥यो

khali

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले जग्गाको बर्गीकरण गरेको छ ।

गाउँपालिका भित्रको जग्गाको कित्ताकाट खुलाउने तयारी र लक्ष्यका साथ वर्गीकरण गरेको हो । स्थानीय भूउपयोग परिषद्बाट पारित भएको जग्गा वर्गीकरण सम्बन्धी प्रतिवेदन कार्यान्वयनको अन्तिम तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

“जलजला गाउँपालिकाको सम्पूर्ण वडाहरुका जग्गाको १० क्षेत्रमा वर्गीकरण भइसकेको छ,” गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भन्नुभयो “साविक गाविस अनुसारको किसिम वर्गिकरण गरिएको छ ।”

Shreekrishna hardwear in news
khali

प्रतिवेदन भूमि व्यवस्था मन्त्रालयबाट स्विकृत भएपछि जलजला गाउँपालिकामा कित्ताकाट खुल्ने भएको छ । एक वर्षदेखि जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको छ ।

मालपोत कार्यालयले संकलन गर्ने राजस्वमा गिरावट आएको छ । धौलागिरी क्षेत्रमा यसअघि म्याग्दीको बेनी नगरपालिकाले मात्र जग्गाको बर्गीकरण गरेको थियो । कित्ता काट सुरुभएपछि वित्तीय संस्था र व्यक्तिलाई जग्गा किनबेचमा सहज हुने गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

नेपाल सरकारको मापदण्ड अनुसार भू–उपयोग नीति अनुसार जलजलामा आवासीय, कृषि, औद्योगिक, व्यावसायिक, खानी तथा खनिज क्षेत्र, वन, नदी, खोला, ताल सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र अन्य क्षेत्रमा जग्गालाई बर्गीकरण गरिएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...