बेनी, । म्याग्दी जिल्लामा आर्थिक वर्ष २०७९÷०८० मा ७४.६५ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ८२.७७ प्रतिशत र प्रदेशको ६९.८० प्रतिशत बजेट खर्च भएको हो । २५.३५ प्रतिशत बजेट समयमै काम हुन नसक्दा फिर्ता भएको छ ।
पुजिगत शिर्षकमा दई वटै सरकारका निकायको रु. एक अरब नौ करोड १२ लाख ४३ हजार ८१४ बजेट बिनियोजन भएकोमा रु. ८१ करोड ४६ लाख २१ हजार ७०६ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । विकास योजना तथा कार्यक्रमका लागि पुजिगत शिर्षकमा बजेट बिनियोजन हुने गर्छ । म्याग्दीमा प्रदेशका १० र संघीय सरकारका ३० वटा कार्यालय छन् ।
कोलेनिकाका लेखापाल तथा सूचना अधिकारी भिष्म थापाका अनुसार पुजिगत शिर्षकमा खर्च भएको मध्य ५६.७२ प्रतिशत अथवा रु. ४६ करोड २१ लख १७ हजार ९४२ असार महिनामा खर्च भएको हो ।
संघीयतर्फ पुजिगत शिर्षकमा रु. ४० करोड ७७ लाख ७२ हजार बिनियोजन भएकोमा असार महिनामा रु. २४ करोड २४ लाख ६१ हजार ९६२ सहित कुल रु. ३३ करोड ७५ लाख २३ हजार ६९ खर्च भएको छ । ८२.७७ प्रतिशत पुजिगत बजेट खर्च गरेका संघीय कार्यालयहरुले आर्थिक वर्षको अन्तिम असार महिनामा मात्रै ७१.८३ प्रतिशत खर्च गरेका छन् ।
प्रदेशका कार्यालयमा पुजिगत शिर्षकमा रु. ६८ करोड ३४ लाख ७१ हजार ९१४ बिनियोजन भएकोमा रु. ४७ करोड ७० लाख ९८ हजार ६३७ खर्च भएको छ । खर्च भएको मध्य ४६.०३ प्रतिशत अथवा रु. २१ करोड ९६ लाख ५५ हजार ९८० असार महिनाको हो ।
चालुतर्फ कुल रु. चार अरब १८ करोड ८५ लाख ३३ हजार ७३२ बिनियोजन भएकोमा ९२.४६ प्रतिशत अथवा कुल रु. तीन अरब ८६ करोड ९१ लाख १९ हजार ९०० खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
संघीय र प्रदेशको चालु बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदान समेत समेटिएको छ । समग्रमा म्याग्दीमा भित्रिएको कुल रु. पाँच अरब २७ करोड ५७ लाख ७७ हजार ५४६ बजेट मध्य ८८.७७ प्रतिशत अथवा रु. चार अरब ६८ करोड ३७ लाख ४१ हजार ६०८ खर्च भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा २०७९÷०८० मा पुजिगत बजेट खर्चको प्रतिशत बढेको हो । २०७८÷०७९ मा पुजिगत शिर्षकमा बिनियोजन भएको मध्य ७१.२३ प्रतिशत बजेट खर्च भएको थियो ।
स्थानीय तहहरुले भएको खर्च विवरण र बचत भएको रकम फिर्ता गरिनसकेकाले यथार्थ खर्च बिबरण प्राप्त हुन र समग्र जिल्लाको बजेट परिचालनको वास्तविक अवस्था पहिचान गर्न अझै केही दिन लाग्ने कोष तथा लेखा नियन्त्रक रामभक्त रानाभाटले बताउनुभयो ।
पँुजिगत शिर्षकको बजेटको ठुलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृति सुधार नहुुनु बजेट परिचालनको प्रमुख चुनौतिका रुपमा रहेको छ । म्याग्दीमा सबैभन्दा धेरै पुजिगत बजेट भएको पूर्वाधार विकास कार्यालयको कुल रु. ४३ करोड ६९ लाख एक हजार मध्य रु. २७ करोड ७० लाख २६ हजार ७२९ खर्च भएको छ ।
पुजिगत तर्फ रु. ३३ करोड १७ लाख ६२ हजार बजेट रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु. २८ करोड ४० लाख ३७ हजार ५७० खर्च गरेको छ । कुल रु. १६ करोड ३६ लाख दश हजार पुजिगत बजेट भएको खानेपानी जलस्रोत तथा सिचाई विकास डिभिजन म्याग्दीले रु. १२ करोड ८५ लाख ८० हजार ६ खर्च गरेको छ ।