सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार तातोपानीमा सम्पन्न समितिको आठौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट कृष्ण खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

khali

समितिको उपाध्यक्षमा उजेली श्रीस, सचिवमा अम्मर बहादुर खत्री (कुमार), कोषाध्यक्ष प्रेमबहादुर श्रीस र सहसचिवमा गणेश बहादुर बानिया चयन हुनुभएको छ । सदस्यहरुमा नन्दबहादुर बानिया, कृष्णबहादुर घर्ति, राजेन्द्र गिरी, आकास थापा, लोकनाथ आचार्य, मैया बि.क, हिमाल बानिया र सीता घले (बुढा) रहनुभएको छ ।

Shreekrishna hardwear in news

निवर्तमान अध्यक्ष बिरेन्द्रमान शाक्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले सचिवको प्रगति र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ । समितिले प्राकृतिक उपचार स्थलको रुपमा रहेको तातोपानी कुण्डको सञ्चालन, व्यवस्थापन गर्दै आएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...