कालीपुल बसपार्कको डिलमा पदमार्ग

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कको डिलमा आकर्षक पदमार्ग निर्माण भएको छ ।

रुपाताल एकिकृत विकास संरक्षण परियोजनाले गत वर्ष कालीगण्डकी नदीको कटान नियन्त्रण गर्न बनाएको पक्कि पर्खालमाथि र बसपार्कको डिलतर्फ पदमार्ग बनाइएको हो ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले पर्खालमाथि र बसपार्कको डिलमा १ देखि डेढ मिटर चौडाई भएको ११० मिटर पर्खाल निर्माण गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

पदमार्ग निर्माणका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. सात लाख बजेट बिनियोजन गरेको थियो । पदमार्गमा पेभर ब्लक बिछ्याइएको छ ।

पदमार्गको डिलतर्फ शुक्रबार कालीगण्डकी आमा समूहले भानु जयन्तीको अवसर पारेर २८ वटा अशोका र काइयौ जातका फुलका बिरुवा रोपेका छन् ।

पर्खाल माथि रुपाताल एकिकृत विकास संरक्षण परियोजनाले यसअघिनै फलामको रेलिङ राखेको थियो । पदमार्गमा यात्रु तथा सर्वसाधारणलाई हिडडुल गर्न, कालीगण्डकी अवलोकन गर्दै टहलिन सहज भएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...