सिंगा तातोपानी कुण्डमा एक वर्षमा एक करोड ३७ लाख आम्दानी

khali

बेनी, । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको सिंगा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु. एक करोड ३७ लाख आम्दानी भएको छ ।

बेनी नगरपालिका–४ मा रहेको कुण्डको व्यवस्थापन समितिको शनिबार भएको आठौ साधारणसभा तथा दोस्रो अधिवेशनमा २०७९ साउन देखि २०८० असार २५ गतेसम्म प्रवेशशूल्क लगायत विभिन्न शिर्षकमा रु. एक करोड ३७ लाख ४१ हजार ४१७ आम्दानी भएको जानकारी गराइएको हो ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाहरुले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत रहेको समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।
“बिरेनुनको गन्धन आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने गरेको छ,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको अवधिमा १७ हजार ९९३ जनाले स्नान गरेका छन् ।” असार महिनामा स्नान गरेका बिरामी र पाहुनाको संख्या एकिन गर्न बाँकी छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा रु. एक करोड १७ लाख २२ हजार ४८०, २०७७÷०७८ मा रु. ७८ लाख एक हजार पाँच सय, २०७६÷०७७ मा रु. एक करोड १३ लाख ४९ हजार ५००, २०७५÷०७६ मा रु. ९९ लाख ४२ हजार ३१७ र २०७४÷७५ मा रु. ६५ करोड छ लाख ९०८ आम्दानी भएको थियो ।
आर्थिक वर्ष २०७४÷०७५ मा रु. २६ लाख ५७ हजार ३१५, २०७५÷०७६ मा रु. ९६ लाख १० हजार ९४, २०७६÷०७७ मा रु. एक करोड १४ लाख २३ हजार ८४१, २०७७÷०७८ मा रु. एक करोड १४ लाख ५२ हजार २६८ र २०७८÷०७८ मा रु. एक करोड ९० लाख ५६ हजार १९४ खर्च भएको छ ।
तातोपानी संकलन गरीएको तलाउमा एक पटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति रु. ३५० शूल्क तोकिएको छ । बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन् । बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शूल्क वापत रु. ६२ लाख ९७ हजार ५५० र पाहुनाले स्नान गर्ने कुण्डबाट रु. २५ लाख ८८ हजार ४०० प्रवेश शूल्क आम्दानी भएको कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news
khali


चालु आर्थिक वर्षमा चन्दा वापत रु. चार लाख सोह् हजार १९२, मन्दिरको भेटी रु. पाँच लाख ३० हजार ५८५, आजिवन सदस्यता रु. तीन लाख आठ हजार ६९०, ब्याज रु. १७ हजार ९२ र अन्य रु. छ हजार १५५ आम्दानी भएको छ । प्रवेशशूल्क र चन्दा सहयोग वापत उठ्ने रकम मध्य २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने गरिएको छ ।
रु. २३ लाख ७४ हजार ९७३ कर तिरेको कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ जना निजी शिक्षकको तलबका लागि रु. १३ लाख ६४ हजार १९५ उपलब्ध गराएको छ । कुण्डका कर्मचारीको तलबमा रु. ११ लाख ३३ हजार ७०६, संरचना निर्माण र मर्मतमा रु. दश लाख ८९ हजार ७९१ सहित कुल रु. एक करोढ ३६ लाख १९ हजार ३६५ खर्च भएको छ ।
कुण्ड परिसरमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न भवन बनाउने क्रममा लागेको रु. ४५ लाख ऋण तिर्न बाँकी रहेको समितिका सचिव कृष्ण खड्काले बताउनुभयो । साधारणसभामा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कुण्डको संरक्षणका लागि म्याग्दी नदीमा ‘वेड वाल’ बनाउन रुपाताल एकिकृत संरक्षण परियोजनासँग समन्वय गरिएको बताउनुभयो ।

नगर उपप्रमुख ज्योती लामिछानेले तातोपानी कुण्ड, गलेश्वर लगायत धार्मिक प्राकृतिक स्थललाई समेटेर नगरपालिकाले पर्यटन विकासको योजना अघि सारेको बताउनुभयो । बेनपा ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) र सदस्य प्रेम श्रीसले तातोपानी कुण्ड एउटा स्थानको मात्र नभएर राष्ट्रकै सम्पत्ति भएको बताउनुभयो ।

जनप्रतिनिधिहरुले गत बर्ष तल्लो तातोपानी बजारको सडक कालोपत्र गरेको र आगामी वर्ष उपल्लो बजार कालोपत्र गर्न रु. तीस लाख बजेट बिनियोजन भएको जानकारी दिनुभयो । तातोपानीलाई आधुनिक र व्यवस्थित हिसाबले सञ्चालन गरेर आम्दानी बढाउनेतर्फ सोच्नुपर्ने बत्ताहरुको सुझाव थियो ।

Raghunga notice
प्रतिक्रिया दिनुहोस
Loading...