जलजलामा उपलब्धी मापन परिक्षा

Gandaki Ghumau

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि शुक्रबार उपलब्धी मापन परिक्षा गरेको छ ।

जलजलाले ३, ५, ८ र १० का बिद्यार्थीहरुको उपलब्धी मापन गर्न चालु शैक्षिक सत्रको पहिलो परिक्षा सञ्चालन गरेको हो । १० वटा केन्द्रमा एक हजार ६१ जना बिद्यार्थीहरु परिक्षामा सहभागी भएका गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो

बिद्यालयले लिने आन्तरीक परिक्षा भन्दा फरक यस परिक्षाबाट विद्यार्थीको कमजोरी पहिचान गरि सुधारका लागि शिक्षक तथा विद्यार्थीहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको शिक्षा अधिकृत आचार्यले बताउनुभयो । पालिका बाहिरबाट प्रश्नपत्र बनाएको गाउँपालिकाले जनाएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

शिक्षाको कारण गाउँ घर खाली हुँदै गैराखेको अबस्थामा सरकारी बिद्यायालयको शैक्षिक गुणस्तरीय खालको बानाउने निजी स्कुल जस्तो बनाउने र शैक्षिक सुधार आफ्नो पहिलो प्राथमिकता रहेको अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो ।

यसअघि शैक्षिक सत्र २०७९ को मंसिर १५ गते पहिलो पटक उपलब्धी मापन परिक्षा सञ्चालन भएको थियो । एक शैक्षिक सत्रमा तीन वटा उपलब्धी मापन परिक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...