शिखको मुलपानीमा पहिरो रोकथामका लागि वृक्षारोपण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सुरेन गुरुङ
शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको मुलपानीमा पहिरो रोकथामका लागि मंगलबार वृक्षारोपण गरिएको छ ।

शिखको न्यु कान्छि बाराही युवा क्लवको पहलमा शिख माविभन्दा तलतिर पहिरोको जोखिममा रहेको पाखोमा स्थानीयबासीले श्रमदान गरेर वृक्षारोपण गरेका हुन् । मुलपानीको पहिरोका कारण शिख मावि, खेलमैदान र वस्ती जोखिममा परेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतको बेनी स्थित सम्पर्क कार्यालयको नर्सरीबाट एक हजार पाँच सय बिरुवा लगेर रोपिएको शिखका अगुवा युवा बिसन रानाले बताउनुभयो ।

Shreekrishna

करिब ५० जनाले श्रमदान गरेर वृक्षारोपण गर्नुभएको थियो । बाँस, डालेघाँस, टिम्मुर, नेपियर, ओखर लगायत प्रजातिका बिरुवा रोपिएको न्यु कान्छि बाराही युवा क्लवका अध्यक्ष उमेश पाईजाले बताउनुभयो । कल्वको अगुवाईमा गत वर्षपनि मुलपानीको पहिरोमा वृक्षारोपण भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...