लमसुङमा वडा कार्यालय भवन निर्माण

khali

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ ।

लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि वि.स. २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो ।

रु.५६ लाखमा ठेक्का सम्झौता भएको भवन निर्माणको काम १८ महिनामा सम्पन गर्ने लक्ष्य थियो । भवनको शनिबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गर्नुभएको थियो । भवनमा वडा अध्यक्ष, सचिव, भण्डारणको कार्यकक्ष रहेका छन् ।

Shreekrishna hardwear in news

कोरोना महामारी, बाढी, पहिरोको प्राकृतिक विपत्तिका कारण भवन निर्माणमा ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधि रेशमबहादुर भण्डारीले बताउनुभयो । “एक वर्षअघिनै भवन निर्माण सकिएको थियो,” उहाँले भन्नुभयो “प्राबिधिक कारणले हालै मात्र भवन हस्तान्तरण भएको छ ।”

khali

यसअघि स्वास्थ्य चौकीको पुरानो भवनबाट सेवा सञ्चालन हुदै आएको थियो । यसैहप्तादेखि नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडा अध्यक्ष अकप्रसाद बि.क.ले बताउनुभयो । आफ्नै भवनमा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाह सहज हुने उहाँले बताउनुभयो ।

default

वडा कार्यालयमा फर्निचर, कम्प्युटर, प्रिन्टर लगायत सामग्रीको अभाव भएको वडा सचिव गिरिराज शर्माले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष पुनले वडा कार्यालयमा आवश्यक सामग्रीको तत्कालै व्यवस्थापन गरिने बताउनुभयो ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ को पनि कार्यालय भवन निर्माण भएको छ । वि.स. २०७७ मा ४ कोठे भवन निर्माणका लागि रु. ४७ लाखमा डोल्पो कन्ट्रक्सनले ठेक्का पाएको थियो । रु. ६६ लाख लागत अनुमान गरिएको वडा कार्यालय भवन वि.स. २०७८ वैशाखमा सम्पन्न गर्ने लक्ष्य थियो ।

नयाँ भवनबाट सेवा प्रवाह शुरु गर्ने तयारी गरेको वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो । वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समनवय समितिले रु. ३० लाख बिनियोजन गरेको थियो । भवन निर्माणका लागि टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा दान गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...