बेनीको आवाचोकमा ‘वाटर फाउण्टेन’

khali

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सौन्दर्य र आकर्षण बढाउन ‘वाटर फाउण्डेन’ (पानीको फोहोरा) निर्माण भएको छ ।

बेनी नगरपालिकाको वडा नम्बर ७ स्थित आवाचोकमा पानीको फोहोरा निर्माण भएको हो । खाली जग्गाको सदुपयोग, बजारको सौन्दर्यकरण र आकर्षण बढाउन वाटर फाउण्टेन बनाएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“बेनी भित्र्ने पर्यटक र पाहुनाहरुका लागि आकर्षण होस भनेर नयाँ अवधारणाको पानीको फोहोरा बनाएका हौ,” उहाँले भन्नुभयो “बेनी बजारको सौन्दर्यकरण गर्ने अभियान अन्तरगत सार्वजनिक र खाली जग्गामा वाटर फाउण्टेन बनाइएको हो ।”

Shreekrishna hardwear in news
khali

वाटर फाउण्डेन बनाउन रु. १२ लाख पचास हजार खर्च भएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । शनिबार साँझ वाटर फाउण्टेनको परिक्षण गरिएको थियो । परिक्षण सफल भएको वडा कार्यालयका प्राबिधिक गोपाल मगरले बताउनुभयो ।

१५ हजार लिटर क्षमताको त्रिभुज आकारको पोखरीका तीन तिरबाट बिच भागमा पानीको फोहोरा खसालिएको छ । टंकीभित्रबाट रातको समयमा फरक फरक रंगको दृष्य देखिने गरि लाइट राखिएको छ । चाडपर्व, बेनी बजारमा सभा सभारोह र विशिष्ट व्यक्तिको आगमन हुँदा वाटर फाउण्टेन सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।

बेनी खानेपानी तथा उपभोक्ता संस्थाले बजारमा वितरण गरेको पानीलाई फोहोरामा प्रयोग गरिएको छ । वाटर फाउण्टेन निर्माणका लागि आवाचोकका विष्णुप्रसाद गौतमको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको थियो ।

Raghunga notice
प्रतिक्रिया दिनुहोस
Loading...