बेनी–जोमसोम सडकमा बस चल्न थाले

Gandaki Pardesh notice

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सोमबारदेखि बस चल्न थालेका छन् ।

गत चैत ११ गते कोरोना (भाइरस) रोकथामका लागि गरिएको लकडाउन घोषणा भएपछि यात्रु बोकेर पहिलो पटक पोखरा बेनी हुदै जोमसोममा बस पुगेका हुन् । लकडाउन खुकुलो भएर सार्वजनिक यातायात सञ्चालन खुला गरिएपनि पहिरोका कारण बेनी–जोमसोम सडकमा ठूला बस सञ्चालन हुन सकेका थिएनन् ।

Bhautik ministry notice about road

घोडाघोडी र म्याग्दी कोरला यातायात प्रालिका बस बेनी हुदै जोमसोम पुगेका बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । बर्षा कम हुदै गएपछि विभिन्न ठाउँको खोलाहरुमा बाढीको सतह घटेको, सडकमा जमेको हिलो सुकेको र मर्मत गरेपछि ठूला गाडी पनि चल्न थालेका उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक स्तरोन्नतीको क्रममा छ । ठूला गाडी चल्न थालेपछि मुस्ताङमा आवत जावतका साथै स्याउ ढुवानी गर्न सहज भएको छ । सडक सहज भएकाले मुस्ताङ देखि देशका विभिन्न ठाउँमा लामो दुरिका बस सञ्चालन गर्ने तयारी गरेको यातायात ब्यवसायीले बताएका छन् । तर हालसम्म समुदाय स्तरमा कोरोना भाइरस संक्रमण नदेखिएको मुस्ताङमा बाहिरि जिल्लाबाट प्रवेशमा भने कडाई गरेका छन् ।कोरोना भाइरस भित्रन नदिन आवत जावतमा कडाई गरेका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...