गुर्जामा सामुदायिक वन समुहको जडिवुटी खेती

khali

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको बाँझो जमिनमा जडिवुटी खेति विस्तार गरिएको छ ।

दुई वर्षअघि परिक्षणका लागि गुर्जाको नाइलीवाङमा गरिएको अतिस जातको जडिवुटी खेती सफल भएपछि व्यवसायिक उत्पादनका लागि यसपाली विस्तार गरिएको हो । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बाँझिएको खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयबासीको आयआर्जन सुधारका लागि जडिवुटी खेती विस्तार गरिएको जानकारी दिनुभयो ।

“यसअघि गरिएको खेती सफल भएपछि यस वर्ष डिभिजन वन कार्यालयको सहयोगमा खेती विस्तार गरेका छौ,” उहाँले भन्नुभयो “खेती नहुँदा बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ ।”

Shreekrishna hardwear in news

वि.स. २०७७ मा पनि ७ हजार बिसजरा जातको जडिवुटीका बिरुवा रोपेका थिए । वि.स. २०७८ मा हिमाली कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले सामुहिक रुपमा दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसी छन्त्यालले यसपाली थप एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा रोपेको बताउनुभयो ।

जडिवुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुंगाको १०५ मिटर लामो पर्खाल निर्माण भएको छ । समूहमा आवद्ध २५ जनाले सामुहिक रुपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर बिरुवा रोपेका हुन् ।

khali

डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले चालु आर्थिक वर्ष २०७९÷८० मा जडिवुटी खेतीका लागि रु. चार लाख असी हजार सहयोग गरेको जानकारी दिनुभयो । “उपभोक्ताले कुल लागतको दश प्रतिशत लागत साझेदारी गरेका छन्,” उहाँले भन्नुभयो “प्राकृतिक रुपमा रहेका जडिवुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रम मार्फत सहयोग गरिएको हो ।”

बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ । गुर्जाको भूगोल र हावापानी अतिस खेतीका लागि अनुकुल छ । समुन्द्रि सतहदेखि तीन हजार २०० देखि तीन हजार ७०० मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ ।

यसले अपच हुने, शरीरको विभिन्न भागको दुखाई, उत्तेजना नहुने, जुका जस्ता समस्या समाधानको लागि पनि महत्वपूर्ण उपचार पद्दतिको रुपमा अतिस प्रयोग हुन्छ । गुर्जामा जिल्लामै पहिलो पटक स्याउको ब्यवसायिक खेती भएको छ ।

गाउँपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोगमा उच्च घनत्वको स्याउ खेती गरेका हुन् । इटलीबाट उच्च घनत्व जातका स्याउका ८४८ वटा कलमी बिरुवा ल्याएर नाइलीबाङको १० रोपनी जमिनमा खेति गरिएको हो ।

गुर्जामा स्याउ खेतीका लागि गत वर्ष कृषि ज्ञान केन्द्रले रु. एक लाख पचास हजार र धवलागिरी गाउँपालिकाले रु. पाँच लाख बिनियोजन गरेका थिए । छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतिप्रति कृषकको आकर्षण बढेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...