शिख माविमा निगालोका सामग्री बनाउने तालिम

Gandaki Ghumau

सुरेन गुरुङ

बेनी, । पलास्टिक जन्य सामानले निगालो र बाँसबाट बनाइने टोकरी, डाली, भकारी, थुन्से, मान्द्रो, नाङ्लो जस्ता सामानलाई विस्थापित बनाउदै गएको छ । सहर बजारमा बढी प्रयोग हुने पलास्टिक जन्य यस्ता सामान अहिले दुर्गम गाउँ बस्तीसम्म पुगेको छ ।

कम लागतमा तयार पार्न सकिने आर्थिक रुपमा मितव्ययी, वातावरणमैत्री निगालो र बाँसबाट बनाइएका सामग्री विस्थापित र सिपको पुस्तान्तरण पनि हुन सकेको छैन् ।

Shreekrishna

नयाँ पुस्तामा सिप हस्तान्तरण, प्रर्वद्धन, संरक्षण र पलास्टिकजन्यको विकल्पमा स्थानीय सामग्रीको प्रयोग बढाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविका विद्यार्थीलाई निगोलोबाट सामान बनाउने तालिम दिइएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोगमा कक्षा ८, ९ र १० का ४० जना विद्यार्थीहरुलाई बिहिबार र शुक्रबार सिपमुलक तालिम दिइएको प्रअ केदार कार्कीले बताउनुभयो ।

Gunasthariya Shiksya

“वातावरणलाई दुषित बनाउने र पैसा बाहिरिने पलास्टिक जन्य सामानको विकल्पमा निगालोका सामग्रीको प्रयोग बढाउने र सिप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “निगालोबाट सामान बनाउने आधारभूत सिप सिकेका विद्यार्थीले बर्खे बिदामा बनाउने सामग्री विद्यालयले खरिद गर्छ ।”

फोहोर फाल्न प्रयोग हुने पलास्टिको डस्टिबिनको विकल्पमा निगालोको डाली र डोका उत्पादन गर्न विद्यार्थीलाई बर्खे बिदाको गृहकार्य दिइएको हो । उनिहरुलाई शिखका बोमबहादुर पुन र किन्दुका चन्द्रबहादुर सुनारले निगालोबाट चोया र चोयाबाट विभिन्न सामान बनाउने सिप सिकाउनुभएको थियो ।

ग्रामिण क्षेत्रमा केही वर्षअघि सम्म निगालोबाट बनाइएइका थुन्से, डोका, डाली, नाम्लो, दाम्लो, भकारी, नाङ्लोका सामग्रीको प्रयोग हुने गर्दथ्यो । पलास्टिकजन्य सामानको आयात हुन थालेपछि निगालोका सामानले बजार नपाउँदा सिपयुक्त जनशक्ति परम्परागत पेशाबाट पलायन र सामान खरिद गर्दा नगद बाहिरिएको छ । उच्च पहाडी क्षेत्रको जंगलमा प्रशस्त पाइने निगालो प्रयोग हुन नसकेर खेर गइरहेको छ ।

परम्परागत सिपको संरक्षण र नयाँ पुस्तालाई हस्तान्तरण गरि वातावरणलाई असर पुग्ने पलास्टिकजन्य सामग्रीको प्रयोग तथा आयात घटाउने र रोजगारी सिर्जना गराउने उद्देश्यले तालिम सञ्चालनमा सहयोग गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताउनुभयो । शिख माविलाई गण्डकी प्रदेश सरकारले नमुना आवासीय मावि बनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...