रघुगंगामा वक्तृत्वकला प्रतियोगिता

Gandaki Ghumau

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार युवाहरुको क्षमता विकास तथा शसक्तिकरणका लागि स्थानीय तहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

रघुगंगा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा म्याग्दीकोअन्नपूर्ण र धवलागिरी गाउँपालिका बाहेकका १२ जनाले सहभागिता जनाएका थिए । रघुगंगा गाउँपालिकाकी आशिका भूजेल प्रथम, बेनी नगरपालिका ८ का अभिषेक पौडेल दृतीय, बेनपा ७ का शिल्पीका जिसी तृतीय र रघुगंगा–२ का अप्सनबहादुर केसी सान्तवना हुनुभएको छ ।

Gunasthariya Shiksya

प्रथम, दृतीय, तृतीय र सान्तवना हुनेलाई प्रमाणपत्र सहित क्रमश ः रु. दश हजार, सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको रघुगंगा गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

Shreekrishna

रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुुख दलबहादुर थापा, जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्मा (डिपी)ले पुरस्कार वितरण गर्नुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले युवा विद्यार्थीहरुको प्रतिभा पहिचान र क्षमता विकासका लागि यस्ता कार्यक्रम उपभोगी र प्रभावकारी देखिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालको अध्यक्षता, लेखा अधिकृत खगराज सुवेदीको स्वागत र शिक्षा अधिकृत सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रमको निर्णायक मण्डलको संयोजक बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकाल रहनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...