जामुनाखर्कमा बाख्रा वितरण

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका कृषकलाई बाख्रा वितरण गरिएको छ ।

विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक सहयोगमा जामुनाखर्क कृषि तथा आयआर्जन समूहमा आवद्ध कृषकलाई बाख्रा र बोका वितरण गरिएको हो ।

३६ जना कृषकलाई १०० वटा बाख्रा र ३ वटा बोका वितरण गरिएको समुहका अध्यक्ष टेकबहादुर बिकले जानकारी दिनुभयो । ९० प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको हो ।

Shreekrishna hardwear in news

कार्यक्रम मार्फत ६ जनालाई तरकारी खेती, ८ जनालाई भकारो सुधार र १६ जनालाई बाख्राको खोर निर्माणमा अनुदान दिइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

khali

खोर नभएकालाई खोर बनाउन र बढीमा दुई वटा पाठापाठी, खोर भएकालाई तीन वटाका दरले बाख्रा वितरण गरिएको समूहले जनाएको छ । उन्नत बोयर र जमुनापारी क्रस बोका भने सामुहिक हिसाबले उपलब्ध गराइएको हो ।

विपन्न परिवारलाई व्यवसायिक कृषि र पशुपालन मार्फत आयआर्जन सुधारमा अग्रसर बनाउने गण्डकी प्रदेश सरकारको कार्यक्रम अनुसार म्याग्दीको जामुनाखर्क र मालिका गाउँपालिका ४ महभिरमा विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम लागू भएको छ ।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव बास्तोलाले यो यो कार्यक्रमका लागि एउटा समुहलाई चालु आर्थिक वर्षमा रु. बीस लाख बजेट बिनियोजन भएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसी, कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देल, बाली संरक्षण अधिकृत बास्तोला, वडा अध्यक्ष कृष्ण सिंह बानिया लगायतले बाख्रा र बोका वितरण गर्नुभएको थियो ।

महभिर कृषक समूह मार्फत बाख्रा, मौरी र कुखुरापालन व्यवसाय सञ्चालन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जामुनाखर्कमा बाख्रा वितरणका क्रममा समुहका सदस्यहरुबीच बिवाद उत्पन्न भएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...