बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई बुधबार करिब रु. १२ लाख मूल्य बराबरको कृषि औजार वितरण गरेको छ ।
खेतीबालीमा यान्त्रिकिकरण गरी लागत घटाउने उद्देश्यले व्यवसायिक कृषक र समूहलाई अनुदानमा हाते ट्याक्टर, सुन्तला टिप्ने भ¥याङ लगायतका औजार वितरण गरेको हो ।
१६ वटा मिनिटेलर हलो, १० वटा तौल मेशिन, ९ वटा सुन्तला टिप्ने भ¥याङ, २३ वटा सिकेटर र २० वटा आरी ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।
चालू आर्थिक वर्षको ११ लाख ९८ हजार ५ सय बजेटमार्फत कृषकका माग अनुसारका औजारी वितरण गरिएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिृत सेवदी र कृषि शाखाका प्रमुख हेमन्तबहादुर शाहीले गाउँपालिकाको केन्द्र पोखरेबगरमा औजार वितरण गर्नुभएको थियो ।
कृषितर्फ पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी आर्थिक वर्षमा कृषिलाई प्राथमिकता दिएर करिब रु. एक करोड विनियोजन गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।