बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट सार्वजनिक

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१का लागि करिब रु. ७१ करोडको बजेट सार्वजनिक गरेको छ ।

आइतबार बेनीमा भएको १३ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले रु. ७० करोड ८९ लाख को बजेट प्रस्तुत गर्नुभयो । चालुतर्फ रु. ५० करोड २७ लाख ७५ हजार र पुजिगत शिर्षकमा रु. २० करोड ६१ लाख बिनियोजन भएको छ ।

शिक्षा स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार ल्याउन मेयरसँग सामाजिक, घरघरमा स्वास्थ्यकर्मी, हामी सक्छौ हामी गर्छौ, विपद्मा मेयर, आयआर्जन सुधार र सिप विकासका लागि उपमेयरसँग आमा समूह जस्ता नमुना कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news

नगरपालिकाको रणनीतिक महत्वको बेनी–पात्लेखेत सडक कालोपत्र गर्ने संघीय सरकारसँग साझेदारी गर्नुपर्ने सहित रु. दुई करोड र प्रदेश सरकारको साझेदारीमा अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक र महारानीथान छापा डाडाखेत सडक स्तरोन्नति गर्न रु. एक करोड ५३ लाख बिनियोजन भएको उपप्रमुख लामिछानेले बताउनुभयो ।

khali

मुख्य तथा सहायक सडक स्तरोन्नति गर्न रु. दुई करोड १७ लाख, बेनी खुल्ला मञ्च निर्माणमा रु. २५ लाख, सिंगा तातोपानीको उपल्लो बजार सडक कालोपत्र गर्न रु. ३० लाख, अस्पताल चोक–संगमचोक सडक कालोपत्र गर्न रु. २० लाख बिनियोजन भएको छ । भकिम्ली स्वास्थ्य चौकीको भवनलाई सम्पन्न गराउन रु. ३० लाख बिनियोजन भएको छ । खबरा खानेपानी आयोजनालाई रु. ८० लाख र पुरुण्डे–पुलाडाडा खानेपानी आयोजनालाई रु. एक करोड बिनियोजन भएको छ ।

दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने नीति लिएको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ म उत्पादनका आधारमा पशुपालक कृषकलाई अनुदान दिन रु. १२ लाख बजेट बिनियोजन गरेको छ ।

आगामी वर्ष बेनी नगरपालिकालाई फलफुलमा आत्मनिर्भर बनाउने कार्यक्रमका लागि रु. २० लाख बिनियोजन भएको छ । बेनी नगरपाकिलाको वडा नम्बर ४, ५ र ९ मा नमुना कार्यक्रमको रुपमा सामुदायिक वनमा कृषि उत्पादनलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...