मेयरकप बास्केटबलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका च्याम्पियन

Gandaki Ghumau

सुरेन गुरुङ

किर्तिपुर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तरपालिका मेयर कप यू–१८ पुरुष बास्केटबल प्रतियोगितामा बिजयी भएको छ ।

शनिबार भएको फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँपालिका च्याम्पीयन बनेको हो ।

Shreekrishna

अर्जुन विकको कप्तानीमा मैदानमा उत्रिएका अन्नपूर्णको टिममा रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलीजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा सहभागि हुनुभएको थियो ।

Gunasthariya Shiksya

सुमन तिलिजा पुन प्रशिक्षक र बिसन राना पुनको व्यवस्थापनमा अन्नपुर्णको टोली प्रतियोगितामा सहभागी हुन कीर्तिपुर गएका थिए । अन्नपूर्णका यमन सेञ्चुरीले उत्कृष्ट खेलाडीको उपाधी सहित नगद रु. दश हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । फाइनल खेलको म्यान अफ द म्याचको उपाधी अन्नपूर्णका नुकेश जुग्जालीले हात पार्नुभयो ।

प्रतियोगितामा बिजेता र उपबिजेताले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु. एक लाख र पचास हजार पुरस्कार प्राप्त गरेका छन् । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता), नेपाल बास्केटबल संघका अध्यक्ष भिमसेन गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

असार २ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ७ वटा स्थानीय तहले सहभागिता जनाएका थिए । महानगर, उपमहानगर, नगरपालिका बाहेक गाउँपालिकाको टिम अन्नपूर्णको मात्र हो । अन्नपूर्ण गाउँपाकिलाले प्रतियोगितामा सहभागिताका लागि रु. एक लाख बजेट सहयोग गरेको थियो ।

ग्रामिण क्षेत्रका खेलाडीहरुले राजधानीमा पुगेर गरेको उत्कृष्ट खेलकौशल प्रर्दशनीले म्याग्दीका खेलप्रेमीहरु उत्साही भएका छन् । सेमी फाइनलमा अनन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५–७० स्कोरले पराजित गरेको थियो । सेमी फाइनलमा अन्नपूर्णका राजु परियार एक्लैले २३ स्कोर गर्नुभएको थियो । नागर्जुन नगरपालिकालाई ७९–६५ स्कारेले पराजित गर्दै आयोजक कीर्तिपुरले फाइनलमा अन्नपूर्णसँग प्रतिस्पर्धा गर्न पुगेको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...