बेनीमा माओवादीको स्कुलिङ कार्यक्रम सम्पन्न

Gandaki Ghumau

बेनी । बेनीमा आइतबार नेकपा (माओवादी केन्द्र) म्याग्दीको पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । पार्टीको स्कुल विभागको आयोजनामा सदरमुकाम बेनीमा शुक्रबारदेखि कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा माओवादीको गण्डकी प्रदेश, जिल्ला समन्वय समिति, पालिका कमिटी र जनवर्गीय संगठनका प्रतिनिधिहरुको सहभागिता थियो । स्कुलिङ कार्यक्रमको समापन गर्दै माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले नेता कार्यकर्ताहरुलाई बैचारिक, सैद्धान्तिक ज्ञान र सिप प्रदान गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
हरि अधिकारी, खोपबहादुर कँडेल, जगन्नाथ खनाल, गोविन्द पौडेल, टेकबहादुर विश्वकर्मा, सुनिल पाण्डे, रामराज रेग्मी, गोविन्द पौडेल, दिननाथ शर्मा, खिमलाल देवकोटा, बलावति शर्मा, सुवास अधिकारी, रामदिप आचार्य लगायतले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको कार्यक्रम संयोजक कुशल पौडेलले जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...