बेनीमा सिवाइसीको जागौ र जगाऔ अभियान

khali

बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले शनिबार बेनीमा जागौ र जगाऔ अभियान कार्यक्रम गरेको छ ।

सहकारी क्षेत्रको वर्तमान अवस्था, समस्या र चुनौति तथा समाधानका लागि संस्थाले गरेका कार्यको बारेमा प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम गरिएको हो ।

बेनी सेवा केन्द्र म्याग्दीका संयोजक तुलसीनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सिवाईसी साकेस बागलुङका अध्यक्ष एवम् नेफ्सकुनका सञ्चालक चण्डीप्रसाद शर्माले प्रशिक्षण दिनुभएको थियो ।

Shreekrishna hardwear in news
khali

सेवा केन्द्रका सेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष शर्माले केही सहकारी संस्थामा देखिएको समस्याबाट आत्तिन नहुने र व्यवस्थित हिसाबले सञ्चालन भएका सहकारीलाई समस्या नपर्ने बताउनुभयो ।

सेयर सदस्यहरुको विश्वास जित्नेगरी सहकारीले काम गर्नुपर्ने र सेयर सदस्यहरुले पनि सहकारीलाई चासो दिनुपर्ने शर्माको भनाई थियो । सदस्य सेवा केन्द्रका सञ्चालक समितिका पदाधीकारी, सदस्य, परामर्शदाता र सेयर सदस्यहरुको कार्यक्रममा उपस्थिति थियो ।

बेनी सदस्य सेवा केन्द्रका सचिव मदन सुवेदीको सञ्चालन, परामर्शदाता धनञ्जय कुमार श्रेष्ठ र सिवाईसी साकोसका कोषाध्यक्ष सिता कडेल सापकोटाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...