कलाकार कार्कीलाई बागलुङमा सम्मान

Gandaki Ghumau

बेनी, । म्याग्दीका कलाकार रवी कार्कीलाई शनिबार बागलुङमा सम्मान गरिएको छ ।

बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औ विश्वशान्ति गण्डकी महासभाको अवसरमा कार्कीलाई सम्मान गरिएको हो ।

‘मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, आहा क्या राम्रो बागलुङ पञ्चकोट’ बोलको गितका गाएक कार्कीलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

पञ्चकोट धामको स्वदेश तथा विदेशमा प्रचार प्रसार गर्न उल्लेखित गितले योगदान पु¥याएकाले नगर उप प्रमुख पर्यटन विकास कार्यक्रमबाट सम्मान गरिएको थियो । इरोधीघरको युट्युब च्यानलबाट प्रशारण भएको यो गित गायनमा १४÷१५ जना कलाकार सहभागि थिए । रवीले प्रयोग गरेको टुक्का र अभिनयले बढी चर्चा पाएको हुँदा उहाँलाई सम्मान गरिएको हो ।

सभामा चेतनारायण लामिछाने र भानुभक्त आचार्यले कालिगण्डकीको महिमा र महत्वसंगै यस क्षेत्रको धार्मिक महिमाको बारेमा प्रबचन गरिएको थियो । सभामा बागलुङ नगरपालिकाका उप–प्रमुख खड्काले धर्म र सम्पदाको विकासमा युवासंगै अन्य क्षेत्र, सस्था तथा उत्पादनलाई जोड्दै धार्मिक संघ सस्थावीच आपसी समन्वयको खाचो रहेको औल्याउनु भयो ।

उहांले बागलुङ नगर क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरुको विकासमा सबैको साझा सक्रियता, सहभागिता र नेतृत्वको आवश्यकता रहेको बताउनु भयो । अव नगरक्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन र प्रचार प्रसार गर्ने उद्धेश्यले तयार गरिएका गित, संगित तथा भिडियोहरुलाई मूल्याङ्कन गरी सम्मान र प्रोत्साहन गरिने खड्काले बताउनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेल, पञ्चकोट धामका शालिग्राम सापकोटा, महासचिव माधव उपाध्याय, सचिव नारायण आचार्य तथा बागलुङ जिल्ला भजन समितिका अध्यक्ष टेक बहादुर केसी संगमले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कलाकार रवि कार्की, जिल्ला भजन समूह तथा पञ्चकोट भजन समूहका कलाकारहरुले सांगितिक प्रस्तुति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...