बिक्की गुरुङ ÷
पर्वत, । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती पर्बतले ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेको छ ।
जलजला गाउँपालिका वडा नं. ८ मा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा अनेरास्ववीयु क्रान्तिकारीका केन्द्रिय सचिब बिजय प्रकाश सापकोटाले विद्यार्थीको हकहितका लागि लड्ने सङ्गठन अखिल (क्रान्तिकारी) भएकाले सम्पूर्ण विद्यार्थीको आवाजलाई बुलन्द पार्न क्रियाशील र समर्पित भएर लाग्नुको विकल्प नरहेको बताउनुभयो ।
अखिल (क्रान्तिकारी ) पर्वतले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आईरहेको छ । सार्वजनिक विद्यालयहरूमा शैक्षिक सामग्री वितरण अभियान जिल्ला भरीका बिद्यालयमा संचालन गरिने अनेरास्ववीयु क्रान्तिकारी पर्वतका नेता तथा गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववीयु कोषाध्यक्ष पबित्रा नेपालीले बताउनुभयो ।
संगठनको स्वास्थ विभाग प्रमुख सन्दिप नेपालीको सञ्चालन र जिल्ला सदस्य राजेन्द्र नेपालीको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यार्थी र अभिभावकहरुको उपस्थिति थियो ।