बेनी बचतको ऋणि सेयर सदस्यलाई जरिवानामा छुट सुविधा

khali

बेनी, । म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋणि सेयर सदस्यहरुका लागि छुट सुविधा सहितको कार्यक्रम ल्याएको छ ।
भाखा अवधी समाप्त भएका ऋणि सदस्यहरुलाई २०८० असार मसान्तभित्र जरिवानामा छुट दिने कार्यक्रम ल्याएको हो । भाखा नाघेका कर्जाको सम्पूर्ण साँवा र ब्याज भुक्तानी गरेमा साँवाको हर्जनामा ५० र ब्याजको जरिवानामा सत प्रतिशत छुट दिने सञ्चालक समितिको बैठकले निर्णय गरेको प्रबन्धक सज्जन शाक्यले जानकारी दिनुभयो ।
भाखा नाघेको कर्जाको सम्पूर्ण ब्याज भुक्तानी र नविकरण गरेमा ब्याजमा लागेको जरिवानामा सत प्रतिशत र नविकरणमा पचास प्रतिशत छुट पाउने भएका छन् । कर्जाको सबै ब्याजका कम्तिमा पचास प्रतिशत भुक्तानी गर्नेले ब्याजमा लागेको जरिवानामा ५० प्रतिशत र ५० प्रतिशत ब्याज भुक्तानी पश्चात कर्जा नविकरण गर्न चाहेमा धितो पुनःमूल्याङकन गरी नविकरण गरिने सहकारीले जनाएको छ ।
२०८० असार मसान्तसम्म मात्र यो सुविधा लागू हुने प्रबन्धक शाक्यले बताउनुभयो ।

khali
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...