भिरबाट लडेर महिलाको ज्यान गयो

khali

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मंगलबार एक महिनाको ज्यान गएको छ ।
धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । स्थानीय सविन रोकाका अनुसार बिहान १० बजे बेहोस अवस्थामा उद्दार गरिएकी बिकलाई उपचारका लागि अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बिकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । बिकलाई अस्पतालमा लैजानका लागि स्थानीयबासी र संघ संस्थाबाट चन्दा उठाएर रु. एक लाख चालिस हजार भाडा तिर्ने गरी हेलि एभरेष्टको हेलिकप्टर मगाएका थिए ।
वडा अध्यक्ष अशोक खत्री, वडा सदस्य रामबहादुर खत्री, वडा सचिव तमबहादुर बिक, ताकम प्रहरी चौकी, स्वास्थ्य चौकीका प्रतिनिधि र धारापानीका अगुवाहरुको पहलमा हेलिकप्टर मार्फत उद्दार गरिएको थियो । ताकम स्वास्थ्य चौकीका राजिन केसीले घटनास्थलमै पुगेर प्राथमिक उपचार गर्नुभएको थियो ।

khali
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...