ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । बेनीमा मंगलबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत ४० जना सहभागि कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका शाखा अधिकृत मेघराज शंकर र राजीव राईले सामाजिक सुरक्षा र ब्यक्तिगत घटना दर्ता सम्वन्धी ऐननियम, कानुन र अभिलेखीकरण लगायतको विषयमा अभिमुखीकरण गर्नुहुने बेनी नगर पालिकाका पञ्जीकरण शाखाका प्रमुख सुदिप खत्रीले बताउनुभयो ।

Shreekrishna

अभिमुखीकरणको उद्घाटन कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले व्यक्तीगत घटना दर्ताका क्रममा देखिएका समस्या समस्याका लागि तालिम उपयोगी हुने बताउनुभयो । “कानुनले दिएको अधिकार प्रयोग गरेर हुने काम समयमै हुनपर्छ,” उहाँले भन्नुभयो “व्यक्तिगत घटना दर्ता सम्बन्धी सेवालाई सहज बनाउनुपर्छ ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पछिल्लो समय बैदेशिक रोजगारीले नक्कली कागजपत्र बनाउने क्रमले कानुनमा रहेर कार्यान्वयन गर्दा कर्मचारी फसिने समस्या बढ्दै गएको घटनाहरु मेयर केसीले उल्लेख गर्दै सचेत रहन आग्रह गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतबहादुर पुनले ब्यक्तिगत घटना दर्ता गर्नेक्रममा प्रत्येक दिन सेवाग्राहीमा नयाँनयाँ समस्या देखापरेको बताउनुभयो । उहाँले वडासचिव र पञ्जीकरण शाखाका कर्मचारीलाई स्पष्ट पार्न पञ्जिकरण विभागलाई आग्रह गर्नुभएको थियो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले अनिवार्य मानिएको व्यक्तिगत घटना दर्ता सम्बन्धी सेवालाई नियमसंगत, छिटो, छरितो बनाउन कर्मचारीहरुले कानुन र प्राविधिक ज्ञानमा अद्यावधिक भइरहनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले वडाबाट सेवाँ दिदा स्पष्ट नभएको विषयमा प्रशासन कार्यालय लगायत क्षेत्रमा सोधबुझ गरेर सेवाग्राहीलाई सेवा दिन सुझाव दिनुभएको थियो ।

प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकाल, नगर सुशासन समितिका संयोजक उत्तम कर्मचार्य लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन अधिकृत युवराज थापाले गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...