बेनी, । म्याग्दीको मालिका गाउँपालिका–१ र ४ को सिमानामा पर्ने फुलबारीको घोर्सेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
रु. ४० लाख ५६ हजार ६७५ को लागतमा रितुङ्ग खोलामाथी निर्माण भएको ५८ मिटर लामो झोलुङ्गे पुलको आइतबार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।
स्वाप कार्यक्रम, मालिका गाउँपालिका, मिलन म्याग्दीको सहयोगमा उपभोक्ता समिति मार्फत पुल निर्माण भएको हो । पुल उद्घाटन कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गुर्बजा, उपाध्यक्ष लक्ष्मीदेवी पुन घर्ति लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो ।