चन्द्रलोक कोषबाट १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

khali

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
धवलागिरी गाउँपालिका–७ धारापानीका अर्जुन थापाले स्थापना गर्नुभएको चन्द्रलोक शैक्षिक कोषबाट जेहेन्दार र गरिव विद्यार्थीलाई कापी र कलम वितरण गरिएको हो । १६० जना विद्यार्थीलाई एक हजार ४२० पिस कापी र एक हजार चार सय पिस कलम वितरण गरिएको कोषका संस्थापक थापाले बताउनुभयो ।

khali


सबै विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्नुभएको हो । आफ्ना दिवंगत बुवा र आमाको नाममा थापाले रु. दश लाखको कोष स्थापना गर्नुभएको छ । कोषबाट गत वर्ष १०० जनालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
अध्ययन र व्यवसायको शिलशिलामा काठमाडौमा बस्दै आउनुभएका थापा नेकपा (माओवादी केन्द्र)को विशेष प्रदेश समिति सदस्य हुनुहुन्छ । थापाको अगुवाईमा काठमाडौमा १२ वर्षअघि स्थापना भएको क्विक ब्लड सेन्टरले चार हजार तीन सय जना बिरामीलाई रगतको व्यवस्थापन गरेको छ । थापाले ४३ पटक आफैले रक्तदान गर्नुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...