भगवतिमा ‘कोल्ड स्टोर’ निर्माण

Shreekrishna hardware

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा कोल्ड स्टोर (चिस्यान गृह) निर्माण भएको छ ।

रघुगंगा गाउँपालिकाले फलफुल र तरकारी भण्डारण गर्न २५ हजार किलोग्राम क्षमताको चिस्यानगृह निर्माण गरेको हो । चिस्यानगृह निर्माणका लागि वि.स. २०७९ वैशाख २५ गते डोलेश्वर महादेव निर्माण तथा सप्लायर्स प्रा.ली. काठमाडौ र रघुगंगा गाउँपालिकाबीच सम्झौता भएको थियो ।

गाउँपालिकाका इञ्जिनियर सुदिप गौतमका अनुसार रु. एक करोड १३ लाख ४८ हजार ८५ लागत अनुमान गरिएको कोल्ड स्टोर बनाउन भ्याट र पिएस सहित रु. ९१ लाख २१७.९२ मा सम्झौता भएको थियो ।

Shreekrishna

प्राविधिक मूल्याङ्कन र नापजाँचपछि रु. ७९ लाख ३८ हजार ६१३ भुक्तानी भएको इञ्जिनियर गौतमले बताउनुभयो । सम्झौता अनुसार २०७९ चैत ३० गतेसम्म म्याद थियो ।

Ban devision notice

व्यवसायीले बिहिबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाललाई औपचारिक रुपमा कोल्डस्टोर हस्तान्तरण गरेका छन् । चिस्यानगृहको भवनमा फलफुल र तरकारीलाई ताजा बनाइराख्ने अनुकुलित हावापानी बनाउने उपकरण जडान गरिएको छ ।

‘‘चिस्यानगृह भएपछि कृषि उपजलाई बेमौसममा बढी मूल्य पार्न सकिनुका साथै बजार नपाउने समस्या पनि हट्ने अपेक्षा गरेका छौ,’’ गाउँपालिकाका अध्यक्ष भण्डारीले भन्नुभयो ‘‘सुन्तला, आलु लगायत तरकारी तथा फलफुललाई दुई देखि पाँच महिना सम्म समय भण्डारण गरेर राख्न सकिन्छ ।’’

सिजनमा उचित मूल्य नपाउने समस्या पनि चिस्यान गृह सञ्चालन भएपछि हट्ने अपेक्षा गरिएको छ । रघुगंगा गाउँपालिकाले गत वर्ष वडा नम्बर ५ को झिँमा २० हजार किलोग्राम क्षमताको चिस्यानगृह निर्माण गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...