गलेश्वरमा एक महिनामा करिब साढे ६ लाख भेटी संकलन

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ९ मा रहेको गलेश्वर मन्दिरमा एक महिनामा करिब साढे छ लाख भेटि संकलन भएको छ ।

गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका भक्तजनले चढाएको भेटि सोमबार गणना गरिएको थियो । गत बैशाख २० देखि यही जेठ २१ गतेसम्म रु. ६ लाख ४४ हजार ६९७ रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाले बताउनुभयो । गत वैशाख महिनामा रु. पाँच लाख २२ हजार २२५ भेटि संकलन भएको थियो ।र

कोषका पदाधीकारी, कर्मचारी, गलेश्वर बजारबासी, आमासमूह शसस्त्र प्रहरीको उपस्थितमा भेटि गनिएको छ । गलेश्वरधामको मुल मन्दिर, शिव, गणेश, लक्ष्मीनारायण मन्दिर, जलकुण्ड, होमनकुण्ड, हनुमानको मुत्ति लगायत विभिन्न स्थानमा धार्मिक भक्तजनले दर्शन गर्दा चढाएको भेटीलाई संकलन गरेर गनिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

Shreekrishna

मन्दिरमा दर्शन गर्न आउने भक्तजनले चढाएको भेटी सहित विभिन्न शिर्षकमा गत साउन महिनायता रु. एक करोड पाँच लाख २१ ह्जार ५०८ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले बताउनुभयो । गत वर्षको असारसम्म कोषको आम्दानी रु. दुई करोड ९० लाख ८२ हजार २३५.६० थियो । चालु आर्थिक वर्षको हालसम्म रु. ४५ लाख ७९ हजार ६३० खर्च भएको छ ।

Gunasthariya Shiksya

गत माघ १२ गते कालीगण्डकी नदीको देवशिला अयोध्या लगेपछि प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा पछिल्लो समय भारतीय भक्तजनको आगमन बढेको छ । विश्वकै दुर्लभ शालीग्राम पाइने एकमात्र नदी कालीगण्डकी नदीको २ थान शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लगेपछि प्रसिद्ध धार्मिकस्थल गलेश्वर धाम मन्दिरमा दर्शन गर्ने भारतीय बढेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाम हिन्दु धर्मावलम्वीहरुको प्रसिद्ध तिर्थस्थल मानिन्छ । धार्मिक, ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रघुगंगा नदी र कालीगण्डकीको पवित्र संगममा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ ।

पूर्वमा कृष्णागण्डकी, गायत्री मन्दिर, पश्चिम कालान्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिहरूको तपोभूमि रिखार, धवलागिरि हिमश्रृंखला र मुक्तिनाथ, दक्षिण म्याग्दी सदरमुकाम बेनीबजार र म्याग्दी नदी रहेका छन् । बेनीबजारबाट तीन कि. मि. उत्तरतर्फ प्रवित्र धार्मिक तीर्थस्थल गलेश्वर मन्दिर रहेको छ । गलेश्वरधामको दर्शन र पुजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...