घारखोला जलविद्युत अयोजनाको डिसेन्डरमा पानी हालेर परिक्षण थालियो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको भौतिक संरचनाको परिक्षण शुरु भएको छ ।

म्याग्दी हाइड्रोपावर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परिक्षण थालेको हो । बाँध र डिसे्रन्डर (पानी थिग्राउने पोखरी)मा पानी हालेर आइतबारदेखि परिक्षण थालेको आयोजनाको विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ ।

आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बाँधबाट डिसेन्डरमा पानी हालेर परिक्षण थालिएको जानकारी दिनुभयो । “डिसेन्डर, एप्रोच क्यानल, टनेल, पेनस्टकको क्रमैसँगै परिक्षण हुन्छ,” उहाँले भन्नुभयो “भौतिक संरचनाहरुको अवस्था ठिक भए नभएको पहिचान गर्न पानी हालेर परिक्षण गरिएको हो ।”
अबको १५ दिनभित्र विद्युतको परिक्षण उत्पादन शुरु गर्ने लक्ष्य सहित भौतिक संरचनाको परिक्षणसँगै उपकरण जडान, प्रशारण लाइन र स्विचार्ड निर्माणलाई अन्तिम रुप दिन लागिएको जनसम्पर्क अधिकृत पौडेलले बताउनुभयो ।

Shreekrishna

अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर म्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर)मा पानी हालिएको हो । डिसेन्डरदेखि सुरुङ सम्म २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानलको दोस्रो चरणको परिक्षण गर्न लागिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

तीन हजार पाँच मिटर लामो सुरुङ पानी बगाएर परिक्षणका लागि तयार भएको छ । अमिलाकाफलमा रहेको आउटलेट देखि बिद्युतगृहसम्म ४८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेट देखि बिद्युतगृहको दुरि एक हजार २०० मिटर र उचाई ४८५ मिटर छ । पोखरेबगर स्थित गोजेखोल्सीमा पहाड काटेर विद्युतगृहको भवन निर्माण सकिएको छ ।

विद्युतगृहमा टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल तर्फका उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको आवासीय ईञ्जिनियर जोसेप बज्राचार्यले बताउनुभयो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.ली. इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.का प्राबिधिकले विद्युतगृहमा उपकरण जडानको काम गरिरहेका हुन् ।

सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चरले भौतिक संरचना निर्माण सकेको हो । पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्ने काम अन्तिम चरणमा पुगेको छ । विद्युत गृहको नजिकै स्वचार्ड बनाउने काम भैरहेको छ ।

वि.स. २०७४ चैत महिनादेखि शुरु भएको घारखोला वि.स. २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाई भएको हो । कुल रु. दुई अरब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।

नागरिक उर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आव्हान गर्ने प्रक्रीया अन्तिम चरणमा पुगेको प्रर्वद्धकले बताएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...