बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम शुरु

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको न्यायिक समितिलाई क्षमता विकास तालिम आइतबारदेखि बेनीमा शुरु भएको छ ।

बेनी नगरपालिकाले आयोजना गरेको तीन दिनसम्म सञ्चालन हुने तालिममा ४० जनाको सहभागिता रहेको छ । न्यायिक समितिका पदाधीकारी, सूचिकृत मेलमिलापकर्ता, जनप्रतिनिधि र कर्मचारीहरु सहभागि तालिमको म्याग्दी जिल्ला अदालतका न्यायाधिश कृष्णप्रसाद नेपाल, अधिवत्ता ममतादेवी शर्मा लगायतले सहजिकरण गर्नुहुने जनाएको छ ।

वडा स्तरमा मेलमिलाप केन्द्र सञ्चालन गर्न आवश्यक जनशक्ति तयार पार्ने र सूचिकृत मेलमिलापकर्ताहरुको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

उहाँले नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको २६ वटा मुद्दा मध्य अधिकांश सहमति कायम गरेर समाधान गरिएको बताउदै नागरिकलाई सहज रुपमा वडामै न्यायिक सेवा पाउने वातावरण बनाउन वडामै मेलमिलाप केन्द्र सञ्चालन गर्न चालु आर्थिक वर्षमै सामग्री व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थानीय समस्या सम्बन्धित ठाउँमै निरुपण गर्न सकेमा समय, आर्थिक खर्चको बचत हुने मात्र नभई नागरिकले न्यायको अनुभव गर्न पाउने बताउनुभयो । गाउँ, टोल र वडा स्तरमै बिवाद समाधान गर्न सकेमा नगरपालिका, अदालत, प्रशासन, प्रहरी र वकिल कहाँ धाउन पर्ने समस्या कम हुने नगर प्रमुख केसीको भनाई थियो ।

न्यायिक समितिका सदस्य रत्नबहादुर जिसीले स्वागत गर्नुभएको उद्घाटन कार्यक्रमको सञ्चालन न्यायिक समितिका कर्मचारी तुलसी पाईजा थापाले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...