(मानव अधिकार तथा शान्ति समाज २८ औँ स्थापना दिवस–१९ जेठ २०८० का अवसरमा प्रस्तुत अवधारणापत्र)
मानव अधिकार तथा शान्ति समाजको स्थापना १९ जेठ २०५३ सालमा भएको थियो । कृष्ण पहाडी यसको संस्थापक सभापति हुनुहुन्छ । स्वयंसेवी संस्था शान्ति समाजले विगत २७ वर्षमा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै गएको छ । मानव अधिकारको संरक्षणदेखि मानवताको उच्चतम अभिव्यक्तिलाई जीवनका हरेक क्षेत्रमा प्रतिबिम्वित गर्ने उद्देश्यले क्रियाशील शान्ति समाज नीतिद्वारा निर्देशित संस्था हो । राष्ट्रिय परिषद् बैठक यसको सर्वोच्च नीति निर्णायक अंग हो । शान्ति समाजको कार्यक्षेत्र र वर्तमान सन्दर्भमा केन्द्रीत अभियानबारे संक्षिप्त विवरण यस प्रकार छ–
१.मानव अधिकार ः मानव अधिकारको विश्वव्यापी घोषणापत्र र अन्य अन्तर्राष्ट्रिय मापदण्डमा निहित मानव अधिकारको अभिवृद्धिका लागि कार्यरत शान्ति समाजले मानव अधिकार संस्कृतिका लागि मानव अधिकार समुदायको बलियो आधार तयार गर्ने उद्देश्य राखेको छ ।
मानव अधिकारको सर्वव्यापकता, अविभाज्यता र अन्तःसम्बन्ध तथा अन्तर्निर्भरताको अवधारणामा आधारित रही मानव अधिकारको संरक्षण र मानव गरिमाको सम्मान नै जीवन पद्धतिको आधार बनाउन अभियान सञ्चालन गर्ने उद्देश्यले स्थापित मानव अधिकार तथा शान्ति समाजले सबैका लागि सबै मानव अधिकार संरक्षित÷प्रत्याभुत हुनुपर्नेमा जोड दिँदै अभियान सञ्चालन गर्दै आएको छ ।
संविधान निर्माणका दौरान चार दर्जन बढी अधिकारहरु संविधानमा समावेश गर्नका लागि शान्ति समाजले अभियान सञ्चालन गरेको थियो । पछिल्लो चरणमा शान्ति समाजले मानव अधिकार मैत्री ऐन बनाउ ः संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउ” भन्ने आह्वानसहित अभियान सञ्चालन गरिरहेको छ । यसैगरी दण्डहीनता विरुद्ध शान्ति समाजको अभियान जारी छ । राजनीतिक सौदावाजीका कारण संंवैधानिक प्रावधानको दुरुपयोग गरी न्यायालयबाट दण्डीतहरुलाई माफी दिइने जस्ता विगत र वर्तमानका निर्णयले विधिको शासनको उपहास गरिरहेको धारणा शान्ति समाजको छ ।
२. शान्ति ः महात्मा गान्धीका अनुसार शान्तितर्फ जाने कुनै मार्ग छैन, छ त केवल शान्ति मात्र । सबै निर्भय भएर जब आफ्नो जीवन यापन गर्न सक्छन तब शान्तिको अनुभुति हुन सक्छ । शान्तिका लागि स्वतन्त्रता नितान्त आवश्यक भएको मान्यतासहित शान्ति संस्कृतिको निर्माण र अभिवृद्धिका लागि शान्ति समाज अभियानरत छ ।
२.१.शान्तिका लागि केन्द्रीत अभियानका सन्दर्भमा, २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन हाल संसदमा प्रस्तुत भएको संक्रमणकालीन न्याय प्रक्रियासँग सम्बन्धित संसोधन विधेयक मानव अधिकारमैत्री हुनुपर्ने र पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुनपर्ने भन्दै शान्ति समाजले अभियान सञ्चालन गरिरहेको छ ।
२.२.पछिल्लो चरणमा प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि त्यस विरुद्ध चलिरहेको आन्दोलनका सन्दर्भमा शान्ति समाजले निम्न आह्वान गरेको छ ।
क. राज्यलाई आग्रह ः शान्तिपूर्ण आन्दोलनमाथि राज्यले दमन गर्नुुहुदैँन ।
ख. आन्दोलनरत पक्षलाई आग्रह ः आन्दोलन हिंसात्मक र अराजक बन्नुहुदैँन ।
ग. नागरिक समाजले सहमतिबाटै समाधान खोज्न पहल तिव्र गर्नुपर्छ । सहमतिमा पुग्न ढिलो गर्नुहुदैँन ।
२.३. विश्व शान्तिका लागि आणविक अस्त्रको विश्वव्यापी उन्मुलनका लागि शान्ति समाजको अभियान जारी छ ।
२.४. युद्ध निषेध ः शान्ति विशेष अभियान अन्तर्गत रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रुसलाई शिघ्र युद्ध अन्त्य गर्न आग्रहसहित शान्ति समाजको अभियान जारी छ ।
३ लोकतन्त्र ः २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान गरेको संस्था शान्ति समाजले पछिल्लो चरणमा नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर, तीन तहको सरकार ः सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित अभियान सञ्चालन गरिरहेको छ । भ्रष्टाचार चुलिदै गएको छ । शिर्ष नेताहरु भ्रष्ट भएको कारण लोकतन्त्र खतरामा रहेको हुँदा भ्रष्टाचार हटाऊ ः लोकतन्त्र बचाऊ भन्ने आह्वानसहित शान्ति समाजले भ्रष्टाचार विरुद्ध थालेको अभियानका क्रममा शिर्ष नेताहरुको सम्पत्ति छानविन गर्न र भ्रष्टाचारमा संलग्न उच्च पदस्थहरुलाई कारबाही गर्न जोड दिएको छ ।
४. अहिंसा ः हिंसालाई बढावा दिने कुनै पनि प्रवृत्ति, प्रचलन वा परम्परालाई निरुत्साहित गर्ने उद्देश्यले मानव अधिकार तथा शान्ति समाज स्थापना गरिएको शान्ति समाजको विधानको प्रस्तावनामा नै उल्लेख छ । भयरहित सामाजिक परिवेश सिर्जना गर्नका लागि कार्य गर्ने उद्देश्यले शान्ति समाजको स्थापना भएको थियो । नेपालको संविधानको प्रस्तावनामानै अहिंसा÷अहिंसात्मक धारा उल्लेख हुनुपर्ने भन्दै शान्ति समाजको अभियान निरन्तर छ । पछिल्लो चरणमा माओवादीको हिंसात्मक जनयुद्ध शुरु भएको दिनलाई “जनयुद्ध दिवस” भनि फागुन १ गते राष्ट्रिय दिवसका रुपमा मनाउने आपत्तिजनक सरकारी निर्णय तत्काल खारेज गर्न र वर्ष २०८० को विदा सुचिबाट तत्काल हटाउन शान्ति समाजले अभियान सञ्चालन गर्दै आएको छ ।
५. सद्भाव ः सद्भाव यस्तो गुण हो जसले भातृत्वलाई बढावा दिन्छ । शान्ति समाज सद्भाव प्रवद्र्धन गर्नका लागि क्रियाशील संस्था हो । घृणाले सद्भावलाई बिथोल्छ । शान्ति समाजले आफ्ना सदस्यहरुका लागि जारी गरेको आचारसंहितामा समेत जातीय र धार्मिक घृणाको वकालत कसैले गर्न नपाउने व्यवस्था गरेको छ ।
२०७१ सालपछि घृणात्मवm अभिव्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रतावmो नाममा बढावा दिने र घृणा र विखण्डनवmो वृmत्यलाई मानव अधिवmारवmो विmत्तामा पार्न खोज्ने नियतले वmेही अन्तर्राष्ट्रिय मानव अधिवmार संस्थाहरूद्वारा नियोजित तवरमा अभियान सञ्चालन गर्न थालेपछि त्यस्ता संस्थाहरूमा संलग्नलाई शान्ति समाजवmो सदस्यता प्रदान नगर्ने र त्यस्ता संस्थाहरूमा सव्रिmय रहेवmाहरू शान्ति समाजको सदस्य भए शान्ति समाजको सदस्यताबाट निलम्बन÷ खारेज गर्ने निर्णय शान्ति समाजको राष्ट्रिय परिषद्ले गरेको थियो ।
६. सहिष्णुता ः सहिष्णुता भनेको सम्मान हो, स्वीकारोक्ति हो, ग्रहणशीलता हो । सहिष्णुता भनेको विविधताको सरहाना हो । सहिष्णुता भनेको चुपचाप अन्याय सहनु होइन । विविधताको विचमा समन्वयको धारा हो सहिष्णुता । सहिष्णुता ज्ञानद्वारा सिञ्चित हुन्छ र विज्ञानको विवेकसम्मत प्रयोगका लागि अत्यावश्यक हुन्छ । शान्ति समाजले सहिष्णुताका मूल्य÷सिद्धान्तको सम्मानमा जोड दिँदै स्वयं पनि अवलम्वन गर्दै आएको छ ।
७. सामाजिक न्यायको आन्दोलनमा समर्पण ः मानव अधिकार तथा शान्ति समाजको विधान–२०५३ मा नै छुवाछुत, भेदभाव लगायत मानव गरिमा विरुद्ध घात पुर्याउने विद्यमान प्रवृत्तिहरु अन्त्य गर्न कार्य गर्ने र समाजका संवेदनशील पक्षहरुको अधिकार संरक्षण तथा उत्थान प्रयासलाई समर्थन गर्ने रहेको छ । सोही उद्देश्य अनुरुप “दलित अधिकार ः मानव अधिकार”भन्ने आह्वानसहित शान्ति समाजले अभियान थालेको पनि २५ वर्ष भइसकेको छ । आज पनि नेपाली समाजमा छुवाछुत÷जातीय आधारमा हुने भेदभावका घटनाहरु घटिरहेका छन् । दोषीमाथी दण्ड सुनिश्चित हुन नसक्दा त्यस्ता घटनाहरु दोहोरिरहेको पाइन्छ ।
शान्ति समाजले प्रत्येक वर्ष प्रदान गर्ने रु. १ लाख १० हजार राशीको समाजसेवा पुरस्कार सामाजिक न्यायको आन्दोलनमा योगदान गर्ने योद्धालाई नै अर्पण गर्ने निर्णय गरेको छ । यसैगरी शान्ति समाजले स्थापना गरेको स्रष्टा सम्मान पुरस्कारहरुमध्ये कम्तिमा एउटा पुरस्कार सामाजिक न्यायको आन्दोलनमा योगदान गर्ने स्रष्टालाई प्रदान गर्ने नीति रहेको छ । यसैगरी २०७८ सालदेखि शान्ति समाजले शुरु गरेको ५ वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत ३७ जना दलित बालिकालाई (मोरङमा) प्रत्येक वर्ष रु. १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिदै आएको छ भने २०८० सालदेखि कर्णाली प्रदेशका विकट हिमाली जिल्लाका ७७ जना दलित बालिकालाई ३ वर्षे छात्रवृत्ति प्रदान गरिने छ । यस प्रकार शान्ति समाजले हरेक वर्ष दलित बालिकालाई प्रदान गर्ने छात्रवृत्ति संख्या ११४ पुगेको छ ।
८. जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य ः जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य भन्ने मूल आह्वानसहित शान्ति समाजले विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ । शान्ति समाजले जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना अभियान थालेको १६ वर्ष वितिसकेको छ । जगतमुखी अभियानका क्रममा हिमालय÷चुरे बचाउ ः नदी जोगाउ भन्ने आह्वानसहित २०७६ मा कोशी प्रदेशका ५ जिल्लाबाट यो अभियान प्रारम्भ भएको थियो भने २०७८ मा गण्डकी, लुम्बिनी, कर्णाली र बाग्मतीका २२ जिल्लामा दुई दर्जन कार्यक्रम सम्पन्न भएको थियो । तेस्रो चरणमा कर्णाली प्रदेश केन्द्रित अभियान शुरु हुदैँछ । जीवनमुखी अभियानका क्रममा शान्ति समाजले जस्तोसुकै अवस्थामा पनि नागरिकको जीवन रक्षा हुनुपर्नेमा जोड दिँदै आएको छ भने वृक्षरोपण, रक्तदान लगायत अभियान सञ्चालन गरिरहेको छ । सेवामुखी अभियानका क्रममा बालिका छात्रवृत्ति अभियानदेखि लिएर राहतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाका लागि अभियान, मेरो फोहोर मेरो जिम्मेवारी शिर्षकमा सफाइ अभियान र लागू औषध÷मदिरा दुव्र्यसन विरुद्ध अभियान जारी छ ।
९. स्वयंसेवी÷स्वाबलम्वी आन्दोलन ः मानव अधिकार तथा शान्ति समाज एक स्वयंसेवी, उच्च पारदर्शी, स्वाबलम्वी संस्था हो । शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था, धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैर सरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन । निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको शान्ति समाज समय आन्दोलनका कारणले पनि चिनिन्छ । शान्ति समाजका सम्पूर्ण अभियान तथा कार्यक्रमहरु सदस्य तथा शुभचिन्तकहरुको सहयोगबाटै सम्पन्न हुने गरेको छ ।
१०. मानवताको उच्चतम अभिव्यक्ति ः शान्ति समाजले सदस्यहरुका लागि तय गरेको आचारसंहितामा मानवताको उच्चतम अभिव्यक्तिलाई जीवनको हरेक क्षेत्रमा प्रतिबिम्वित गर्ने सुनिश्चितता तय गरेको छ । मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्ति प्रतिबिम्वित गर्ने यो आन्दोलनको २७ वर्षको अवधिमा योगदान गर्ने अग्रजहरु, सदस्य तथा शुभचिन्तकहरु र विश्वभरी रहेका सबै शुभेच्छुकहरुप्रति हार्दिक आभार सहित सबैको साथ र सहयोग निरन्तर रहने अपेक्षा मानव अधिकार तथा शान्ति समाजले गरेको छ ।
“मानव अधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म”
प्रतिक्रिया दिनुहोस