पत्रकार महासंघ म्याग्दी शाखाको सदस्यता शुद्धिकरण अभियान

Gandaki Pardesh notice

बेनी, । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले ४४ जना साधारण सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरेको छ ।
यसअघि ५७ जना साधारण सदस्य रहेको शाखाको बिहिबार बेनी स्थित कार्यालयमा बसेको बैठकले १३ जनाको मात्र सदस्यता नविकरण गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
महासंघको सदस्यता शुद्धीकरण मापदण्डमा नपरेका शाखाको कार्यसमितिका १६ जना मध्य ८ जनाको पनि नविकरण भएन् । पत्रकारितामा सक्रिय नरहेर राजनीतिमा रहेका, स्थायी वा अस्थायी सरकारी सेवा, वैदेशिक रोजगारी र व्यापार व्यवसायमा वा पूर्णकालिन रुपमा अन्य पेसामा संलग्न भएकाहरुको सदस्यता नविकरण नगरिएको हो ।
मापदण्ड अनुसार विसुद्ध पत्रकारिता पेशामा मात्र आवद्ध साधारण सदस्यता नविकरण गर्ने निर्णय गरी प्रदेश र केन्द्रिय समितिमा सिफारिस गरिएको शाखा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।
“नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले निर्धारण गरेको मापदण्डलाई पूर्णरुपमा पालना गर्दै सदस्यता शुद्धिकरणका लागि निर्मम निर्णय लिएका छौ,” उहाँले भन्नुभयो “पत्रकार सम्बद्ध पेशागत संगठनका जिल्ला नेतृत्वको पनि सहमतिमा यस्तो निर्णय लिएका हौ ।”
पत्रकारिता पेसामा पूर्णकालिन रुपमा संलग्न भएकाहरुको मात्र सदस्यता नविकरण भएको उहाँले बताउनुभयो । नयाँ सदस्ताका लागि परेका आवेदनका हकमा पनि सुद्धीकरण अभियानले नसमेटेकाले नयाँ सदस्यताका लागि कसैलाई पनि सिफारिस नगरिएको शाखाले जनाएको छ ।
सदस्यता सुद्धीकरणलाई सहज बनाउन शाखाको विहिवार विहान वसेको वैठकले उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा शाखाका सल्लाहकार ठाकुरप्रसाद आचार्य, प्रेस चौतारीका अध्यक्ष प्रताप बानियाँ,प्रेस युनियनका अध्यक्ष राकेश शर्मा र प्रेस सेन्टरका अध्यक्ष कमल खत्री रहनुभएको थियो ।
कार्यदलको वैठकले गम्भिर रुपमा छलफल गरेर नविकरण गर्ने सदस्य, मानार्थ सदस्य र ससम्मान रुपमा विदाई गर्ने सदस्यहरुको नामावली तयार पारी प्रतिवेदन बिहिबारनै कार्यसमितिलाई बुझाएको थियो । कार्यदलले प्रतिवेदन बुझाए लगत्तै कार्यसमितिको वैठक बसेर निर्णय लिएको थियो । विगतमा विशेष योगदान गर्नुहुने २२ जनालाई मानार्थ सदस्यता प्रदान गर्ने र अन्यलाई स–सम्मान रुपमा विदाई गर्ने निर्णय गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...