संसदमा म्याग्दीका सात सवाल

Gandaki Kotihome

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम्बिर गर्बुजाले बुधबार संसदमा पहिलो सम्बोधन गर्नुभएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफलमा भाग लिनुहुदै गर्बुजाले म्याग्दीका सात वटा सवाललाई उठान गर्नुभएको हो । गर्बुजाले म्याग्दीसँग सम्बन्धित नीतिगत र विकास निर्माणका विषय सम्बोधनका लागि प्रतिनिधिसभा मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

गर्बुजाले म्याग्दीलाई हिमाली जिल्ला घोषणा कागजमा मात्रै सिमित भएको बताउनुभएको छ । “हिमाली जिल्लामा सुचिकृत भएपनि म्याग्दीका नागरिकले नीतिगत रुपमा त्यसबाट लाभ लिन सकेका छैनन,” उहाँले भन्नुभयो “योजना तथा कार्यक्रमको बजेट र कर्मचारी, सेना, प्रहरीको सेवा सुविधा तथा राज्यले प्रदान गर्ने सबै किसिमका सेवा सुविधा हिमाली जिल्लाको मापदण्ड अनुसारको बनाउन आवश्यक छ ।”

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

वि.स. २०७७ फागुनमा सरकारले केही नेपाल ऐन संसोधन गरेर म्याग्दीलाई नेपालको २१ औ हिमाली जिल्लामा सूचिकृत गरेको राजपत्रमा सूचना प्रकाशन गरेको थियो । बाढी पहिरो पिडितको नीजि आवास पुनिनिर्माण बाहेकका अन्य कुनै पनि काममा हिमाली जिल्लाको मापदण्ड कार्यान्वयन भएको छैन् ।

“बि.सं. २०७७ मा म्याग्दीलाई हिमाली जिल्ला घोषणा गरियो ,सरकारको स्वागत योग्य कदम हो । तर, सो जिल्ला भौगोलिक विकटता, विशाल भुगोल, आयआर्जनमा देखिएको कठिनाई समेतलाई मध्यनजर गरेर बजेटमा हिमाली जिल्ला प्राथमिकता राखि विशेष बजेटको व्यवस्था गर्ने गरी निति तथा कार्यक्रम आउनुपर्नेमा सो देखिएन,” गर्बुजाले भन्नुभयो “म्याग्दी जिल्ला विशेष बजेट कार्यक्रम समावेश गरिदिनुहुन अनुरोध गर्दछु ।”
सांसद गर्बुजाले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले म्याग्दीलाई समेट्न नहुने बारेमा समेत कारण माग्नुभएको छ । लोकमार्गको बागलुङ खण्डको विकल्पको रुपमा म्याग्दीको बेनी–दरबाङ हुँदै ढोरपाटन जोड्ने सडक ७० किलोमिटर छोटो रहेको समेत जानकारी गराउनुभयो । म्याग्दी हुदै ढोरपाटन सडक सञ्जालले जोड्र्नुपर्ने गर्बुजाले बताउनुभयो ।
बेनी अस्पताललाई संघीय सरकार मातहत सञ्चालन गर्नुपर्ने सांसद गर्बुजाको भनाई थियो । जिल्लाको एकमात्र भएकाले म्याग्दी अस्पताल नामाकरण गर्नुपर्ने उहाँको भनाई छ । बेनी अस्पताल हाल प्रदेश सरकार मातहत सञ्चालन हुदै आएको छ ।

बेनी बजारमा कटान नियन्त्रणका लागि रुपाताल संरक्षण एकिकृत विकास परियोजना मार्फत सञ्चालित योजना निर्माणमा ढिलाई भएको विषयमा सांसद गर्बुजाले संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्राकृतिक उपचार स्थल तातोपानी कुण्डको संरक्षण र नदी कटानबाट जोगाउन सरकारको ध्यानार्कषण गराउनुभएको छ । सांसद गर्बुजाले बेनी–जोमसोम सडकखण्ड अन्तरगत जोखिम मानिएका स्थानमा प्राथमिकता दिएर स्तरोन्नती गर्न माग समेत गर्नुभएको छ । सडकखण्डमा अकालमा ज्यान जाने गरेको बताउँदै साँघुरो सडक स्तरोन्नतीको माग गर्नुभएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलकै क्रममा सांसद गर्बुजाले बेलायती सेनामा कार्यरत नेपालीलाई बेलायती सरह सेवासुविधाको मागका लागि समेत कुटनीतिक पहल गर्न समेत सरकार समक्ष माग गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...